जनकपुर । जनता समाजवादी पार्टीका नेता एवं रौतहट क्षेत्र नम्बर १ का संघीय सांसद अनिलकुमार झाले सार्वजनिक रुपमा महिलालाई होच्याउने गरी दिएको अभिव्यक्तिको विरोध भएको छ । जनता समाजवादी पार्टी नेपालका निर्वाचन प्रमुखसमेत रहेका झाले कार्तिक ११ गते रौतहटको यमुनामाई गाउँपालिका–३ स्थित राजपुर तुलसीमा पार्टीका तर्फबाट आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै सामाजिक विकृतिका बारेमा चर्चा गरेका थिए ।
वैदेशिक रोजगारीमा गएका युवाले कमाएर पठाएको रकम यहाँ उनीहरुको श्रीमतीले मोजमस्तीमै सिध्याउने र परपुरुषसँग शारीरिक सम्बन्ध बनाउने गरेको भन्दै उनले यस्ता विकृतिलाई नियन्त्रण गर्न स्थानीय तहका प्रमुखहरुले ध्यान नदिएको गुनासो गरेका थिए ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संघीय सांसद रेखाकुमारी झाले महिलाहरुप्रति जसपा नेपालका नेता झाले गरेको उक्त टिप्पणीको घोर भर्त्सना गरेकी छन् । उनले भनिन्, ‘सार्वजनिकरुपमा सम्पूर्ण महिला दिदीबहिनीको चरित्र हत्या हुने गरी दिएको उक्त अभिव्यक्ति फिर्ता लिनेमात्र होइन, यथाशीघ्र माफी माग्नु पर्दछ ।’
त्यस्तै, नेपाली कांग्रेस जिल्ला कार्यसमिति रौतहटका सभापति कृष्ण यादवले संघीय सांसद अनिल कुमार झाको राजीनामा माग गरेका छन् । सांसद झाले महिलाहरुप्रति सार्वजनिकरुपमै दिएको अभद र अश्लील अभिव्यक्तिको भर्त्सना गर्दै कांग्रेस जिल्ला सभापति यादवले उनको राजीनामाको माग गरेका हुन् ।
विज्ञप्ति जारी गर्दै उनले वैदेशिक रोजगारीका सिलसिलामा काम गर्न गएका सबै नेपाली नागरिकका श्रीमती वेश्यावृत्तिमा लागेकोजस्ता शब्द प्रयोग गर्ने अधिकार सांसद झालाई कसले दियो भन्ने प्रश्न पनि गरेका छन् ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
रवि लामिछानेसँग सभापति भिड्न आँटेका साहलाई प्रतिनिधिबाट हटाइयो
हिरासतभित्रै छिरेर ज्यान मार्ने धम्की दिएको भन्दै गृहमन्त्री गुरुङविरुद्ध उजुरी
फेवातालमा बेपत्ता युवकको शव फेला
जेठी श्रीमती मार्दा कैद मिनाहा पाएका यामबहादुरले कान्छीलाई पनि बाँकी राखेनन्