शुक्रबार कास्कीका १०८ सहित गण्डकीमा थप १९६ जनामा कोरोना पुष्टि

शुक्रबार कास्कीका १०८ सहित गण्डकीमा थप १९६ जनामा कोरोना पुष्टि

Gandaki covid corona 3

पोखरा-  शुक्रवार गण्डकी प्रदेशका थप १९६ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालयद्वारा जारी आजको चारवटा विज्ञप्ति अनुसार गण्डकी प्रदेशका ८ वटा जिल्लाका थप १९६ जनामा कोरोना पुष्टि भएको हो ।

संक्रमित पुष्टि भएका जिल्लाहरुमा कास्की, तनहुँ, लमजुङ, गोरखा, नवलपुर, स्याङ्गजा, पर्वत र बाग्लुङ जिल्ला रहेका छन् । जसमा कास्कीमा १०८ जना, तनहुँमा २७ जना, गोरखामा १ जना, लमजुङमा ३ जना, नवलपुरमा २९ जना, स्याङ्गजामा १२ जना, पर्वतमा ४ जना र बाग्लुङमा १२ जना गरी कूल १९६ जनामा कोरोना पुष्टि भएको विज्ञप्तिमा उल्लेख छ ।

कास्कीमा आज पुष्टि भएका संक्रमित मध्ये रुपा गाउन्पालिका -५ का १ जना ३० वर्षीय पुरुष र मादी गाउँपालिका -६ का एक महिला छन् ।  भने, अन्य सबै १०६ संक्रमित पोखरा महानगरका हुन् ।

यो संगै, गण्डकीमा कोराना संक्रमितहरुको कूल संख्या ८ हजार ७ सय ३९ पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 3 seconds