कोरोना संक्रमणका कारण पोखराका ३ सहित गण्डकीमा ४ जनाको मृत्यु, ३० दिने बालकले पनि गुमाए ज्यान

कोरोना संक्रमणका कारण पोखराका ३ सहित गण्डकीमा ४ जनाको मृत्यु, ३० दिने बालकले पनि गुमाए ज्यान

corona death india

reuters image

पोखरा – कोरोना संक्रमणका कारण आज पोखराका तीन सहित गण्डकीमा चार जनाको मृत्यु पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालयको अद्यावधिक तेस्रो विज्ञप्ति अनुसार प्रदेशमा चार जनाको मृत्यु पुष्टि भएको हो ।

मृत्यु हुनेमा बाग्लुङ जिल्ला जैमिनी नगरपालिका वडा नं -९ का २९ वर्षीय पुरुष छन् । गत कार्तिक ८ गते कोरोना संक्रमण पुष्टि भई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएका उनको उपचारका क्रममा बिहीबार राती ८: ५० बजे मृत्यु पुष्टि भएको हो । मृतक पुरुषमा निमोनियाको समस्या रहेको अस्पतालले जनाएको छ  ।

यस्तै पोखरा महानगरपालिका वडा नं -१० का ५७ वर्षीय पुरुषको बिहीबार राती ११:३० बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु पुष्टि भएको छ ।

गत कार्तिक २ गते कोरोना संक्रमणको पुष्टि भएपछि अस्पताल भर्ना भएका उक्त पुरुषमा निमोनिया हाईपरटेन्सन लगायको समस्या रहेको अस्पतालले जनाएको छ ।

पोखरा महानगरपालिकाका ३० दिने नवाजात शिशुको पनि कोरोना संक्रमणका कारण मृत्यु पुष्टि भएको छ । वडा नखुलेका उक्त बालकमा निमोनियाको सस्या रहेकोमा उपचारको क्रममा आज दिउँसो १२:१५ बजे स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको निर्देशनालयले जनाएको छ । र, पोखरा -१७ का ७५ वर्षीय कोरोना संक्रमित पुरुषको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु पुष्टि भएको छ ।

गत कार्तिक १४ गते कोरोना संक्रमण पुष्टि भएर अस्पताल भर्ना भएका उनको आज बिहान ९:०० बजे मृत्यु भएको अस्पताल जनाएको छ ।

यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको कूल संख्या १०० पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 3 seconds