शनिबार पोखराका १८६ सहित गण्डकीमा थप २७८ जनामा कोरोना पुष्टि

शनिबार पोखराका १८६ सहित गण्डकीमा थप २७८ जनामा कोरोना पुष्टि

Gandaki-Mapp

पोखरा – शनिबार गण्डकीमा थप २७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घन्टाको कूल ९३८ परीक्षण मध्ये २७८ जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।  निर्देशनालयद्वारा आज जारी पांचवटा विज्ञप्ति अनुसार प्रदेशका ८ जिल्लाका थप २७८ जनामा कोरोना पुष्टि भएको हो ।

संक्रमितहरु कास्की, तनहुँ, गोरखा, लमजुङ, नवलपुर, स्याङ्गजा, पर्वत र बाग्लुङ जिल्लाका छन्  ।

क्षयरोग उपचार केन्द्र, लाईफ केयर डाईग्नोष्टिक प्रालि, स्वास्थ्य विज्ञान प्रतिष्ठान, चितवन मेडिकल कलेज र भरतपुर मेडिकल कलेजमा गरिएको परीक्षणमा कास्कीको पोखरामा सबैभन्दा धेरै १८६ जना, तनहुँमा २८ जना, गोरखामा ३१ जना, लमजुङमा १० जना, नवलपुरमा ६ जना, स्याङ्गजामा ५ जना, पर्वतमा २ जना र बाग्लुङका १० जनाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको निर्देशनालयको विज्ञप्तिमा उल्लेख छ ।

यस्तै २४ घन्टामा गण्डकीमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या १७ पुगेको छ । यो संगै, हालसम्म संक्रमणलाई जितेर घर फर्कनेको संख्या ४ हजार ८ सय ५२ पुगेको छ ।

आज पुष्टि भएका संगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ९०१७ पुगेको छ । भने, संक्रमणकै कारण पछिल्लो २४ घन्टामा प्रदेशमा ३ जनाले ज्यान गुमाएका छन् । यो संगै, गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १०३ पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 3 seconds