पाेखराका एक व्यक्तिले बृद्धाश्रममा रहेका बृद्धबृद्धा संगै बसेर जन्मदिन मनाउँदै वृद्धाश्रमलाई समेत खाद्यान्न वितरण गरेका छन् ।
काठमाण्डौ बुढानिलकण्ठ घर भइ पोखराको लेखनाथ भण्डारढिक बस्दै आएकी शभ्न गुरुङले आफ्नो १६ औ जन्मदिन मनाउदै पोखरा ३२ लामेआहालमा रहेको राधाकृष्ण बृद्धाश्रमलाई खाद्यान्न सामाग्री समेत वितरण गरेकी हुन । कोरोना महामारीको कारण धेरैलाई समस्या परिरहेको सन्दर्भमा बृद्धाश्रममा समेत खाद्यान्न सामाग्रीहरुको अभाव नहोस भनी गुरुङले आफ्नो जन्मदिनमा हुने फजुल खर्चलाई जोगाएर बृद्धाश्रममा खाद्यान्न सामाग्री प्रदान गरेकी हुन ।
पोखरामा रहेको बृद्धाश्रम मध्ये सवैभन्दा वढी बृद्ध आमावुवा आश्रित रहेको राधाकृष्ण बृद्धाश्रममा आफ्नो जन्मदिनको अवसर पारी खाद्यान्न सामाग्रीहरु प्रदान गरी सामाजिक काम गर्न पाएकोमा गुरुङले खुसी ब्यक्त गर्दै आगामी दिनमा पनि सामाजिक कामलाई निरन्तरता दिने वताइन ।
सो अवसरमा वोल्दै शभ्न गुरुङकी वुवा नविन गुरुङले पछिल्लो समय युवा पुस्ताहरुले जन्मदिनको अवसरमा साथीभाइ जम्मा गरी विभिन्न रेष्टुरेण्ट तथा पार्टी प्यालेसमा रमाइलो गरी फजुल खर्च गर्ने प्रचलन रहेको र त्यसो गर्नुभन्दा आश्रममा रहेको वेसहारा वुवा आमाहरुलाई सानै भएपनि सहयोग गर्न सकेको खण्डमा पुण्य प्राप्त हुने वताए । आफुले पनी आफ्नो छोरीलाई सानै उमेरदेखी सामाजिक सेवामा अगाडि वढाउने प्रयत्न सहित पहिलो पटक बृद्धाश्रममा छोरीको जन्मदिन मनाउन आएको र सानो सहयोग गर्न पाउदा निकै खुसी लागेको वताउदै आगामी दिनमा पनी यस्तो पुण्य कामलाई निरन्तरता दिने वताए ।
जन्मदिनको अवसर पारि आफुहरु आश्रित रहेको राधाकृष्ण बृद्धाश्रममा आएर सहयोग गरेकोमा बृद्धाश्रमका जेष्ठ नागरिक विष्णुभक्त कुइकेलले गुरुङ परिवारलाई धन्यवाद ब्यक्त गर्दै यसरी बृद्धाश्रममा आएर जन्मदिन मनाउदा आफुहरु निकै खुसी हुने गरेको वताए । यसरी नै विभिन्न ब्याक्तिहरुको सहयोगमा बृद्धाश्रममा आफुहरुले दैनिकी चलाउदै आएको र हाल बृद्धाश्रममा ५५ जना बृद्धा बुवा आमाहरु आश्रित रहेको उनको भनाइ रहेको थियो ।
सम्बन्धित खबर
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
पोखरा १५ जारी निःशुल्क दन्त शिविर, दोस्रो दिन १५० जनाको परीक्षण
यो पनि पढौँ
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला
अहिले खण्डग्रास चन्द्रग्रहण लाग्दै, हेर्न हुन्छ कि हुँदैन ?