कोरोना संक्रमणका कारण पोखराका थप २ जनाको मृत्यु पुष्टि

कोरोना संक्रमणका कारण पोखराका थप २ जनाको मृत्यु पुष्टि

Pokhara viewss

पोखरा – कोरोना संक्रमणका कारण पोखरामा थप २ जनाको मृत्यु पुष्टि भएको छ ।

पोखरा महानगपालिका वडा नं -८ निवासी ६८ वर्षीय कोरोना संक्रमित पुरुषको आइतबार दिउँसो १ :१६ बजे उपचारका क्रममा गण्डकी मेडिकल कलेजमा मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

गत कार्तिक १३ गते कोरोना पुष्टि भई अस्पताल भर्ना भएका उक्त पुरुषमा निमोनियाको समस्या रहेको अस्पतालले जनाएको छ ।

यस्तै कोरोना संक्रमणकै कारण पोखरा -९ का ७५ वर्षीया महिलाको मृत्यु पुष्टि भएको छ । गत कार्तिक १८ गते कोरोना पोजेटिभ देखिएपछि गण्डकी मेडिकल कलेज भर्ना भएकी उक्त महिलाको उपचारका क्रममा आज बिहान ५ :१५ बजे मृत्यु भएको निर्देशनालयले जनाएको छ । मृतक महिलामा पनि निमोनियाको समस्या रहेको अस्पतालले जनाएको छ ।

यसअघिको विज्ञप्तिमा पोखरा -१३ का ९२ वर्षीय पुरुष र स्याङ्गजा गल्याङ नगरपालिका वडा नं -७ निवासी ५० वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु पुष्टि भइसकेको छ ।

कोरोना संक्रमणका कारण गण्डकीमा ज्यान गुमाउनेको कूल संख्या १०७ पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 3 seconds