कोभिड -१९ : अमेरिकी र जर्मनी कम्पनीद्वारा ९० प्रतिशतसम्म प्रभावकारी खोप तयार पारेको दाबी

कोभिड -१९ : अमेरिकी र जर्मनी कम्पनीद्वारा ९० प्रतिशतसम्म प्रभावकारी खोप तयार पारेको दाबी

corona vaccine

एजेन्सी – अमेरिकी कम्पनी पिफाईजर र जर्मन कम्पनी बायोएनटेकले विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ विरुद्धको खोप तयार पारेका छन् । उक्त खोप कोरोना संक्रमितहरुमा ९० प्रतिशतसम्म प्रभावकारी रहेको उनीहरुले दाबी गरेका छन् ।

द गार्जियनमा प्रकाशित समाचार अनुसार यी दुई कम्पनीहरु संयुक्त रुपमा कोरोना खोप विकासका लागि महिनौदेखि सक्रिय छन् । यी कम्पनीहरुले सोमवार प्रेस विज्ञप्ति जारी गर्दै आफूहरुले विकास गरिरहेको खोपको ट्रायल (परीक्षण) सम्बन्धी नतिजाका बारेमा जानकारी दिएका हुन् ।

उनीहरुले विकास गरेको खोपको प्रयोगले मानव स्वास्थ्यमा कुनै पनि नकारात्मक प्रभाव नरहेको पनि दाबी गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ