काठमाडौ । लोकप्रिय नेपाली ई कमर्स कम्पनी ग्यापु मार्केटप्लेसले सबै इलेक्ट्रोनिक्स सामानमा सेल उपलब्ध गराउँदै नोभेम्बर ११ को लागि इलेभेन-इलेभेन सेलको घोषणा गरेको छ ।
इलेक्ट्रोनिक्स सामानमा ८० प्रतिशत सम्म छुट भएको बताइएको छ । सि एफ मोटर्सको बाइक र गाडी र टुनबालको इलेक्ट्रीक स्कुटर एक्सक्लुभिक्स मुल्यमा उपलब्ध हुने बताइएको छ ।
नोभेम्बर ११ का दिन गरिएको सपिङको दोश्रो दिन डेलिभरी हुने ग्यापुका अध्यक्ष ज्ञानेन्द्र खड्काले बताए । इलेभेन-इलेभेन सेलमा सपिङ्ग गर्ने मध्ये १ जनालाई सप्राइज बम्पर उपहार दिइने खड्काले बताए ।
इलेभेन-इलेभेन सेलमा सामान खरिद गर्नेले दशैं तिहार धमाकाको बम्पर लगायतका उपहारमा समेत सहभागी हुन पाउने र टुनुवाल स्कुटर जित्ने मौका पनि रहेको खड्काले बताए ।
ग्यापुका अध्यक्ष ज्ञानेन्द्र खड्काको जन्म दिनको अवसरमा इलेभेन-इलेभेन सेल आयोजना गरिएको कम्पनीले बताएको छ ।
ग्यापुमा सपिङ गर्न मोबाइल एप वा कम्पनीको वेबसाईट (gyapu.com) मार्फत अर्डर गर्न सकिन्छ । ग्राहकले सामान खरिद गर्दा प्रभु पे, फोन पे , सेल पे, खल्ती, आइएमइ पे कनेक्ट आइपिएस र इ-सेवा मार्फत भुक्तानी गर्न सक्छन् भने डेलिभरिकै बेला बिश्वभरका कुनै पनि डेबिट र क्रेडिट कार्ड स्वाइप गर्ने सुबिधा समेत उपलब्ध छ । साथै ग्राहकले डेलिभरीको समयमा नगद समेत दिन सक्छ्न ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु