पोखरा – कास्की प्रहरीले एक व्यक्तिको हत्या गरी फरार रहेका युवकलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुली जिल्ला सुनकोशी गाउँपालिका वडा नं -१ कुशेश्वर दुम्जा घर भई हाल पोखरा महानगरपालिका -६ बसुन्धरापार्क बस्दै आएका वर्ष २३ का प्रेम भनिने नन्दलाल श्रेष्ठ रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुवास हमालका अनुसार श्रेष्ठले गत कार्तिक २२ गते शनिबार राती ८:३० बजेको समयमा ढुंगाले टाउकोमा हानेर दाङ जिल्ला घोराही उप महानगरपालिका घर भई हाल पोखराको बसुन्धरापार्क बस्ने अन्दाजी २४ /२५ का कृष्ण चौधरीको हत्या गरेका थिए । हत्या पश्चात फरार श्रेष्ठलाई प्रहरीले मंगलबार अन्दाजी ४ बजे तनहुँको आँबुखैरेनी गाउँपालिका -२ मार्क्यु भन्ने स्थानबाट रिक्सामा काठमाण्डौ जाँदै गरेको अवस्थामा पक्राउ गरेको हो ।
पक्राउ परेका श्रेष्ठमाथि कर्तव्य ज्यान मुद्धा दर्ता गरी थप अनुसन्धान प्रक्रिया अगाडी बढाइएको प्रवक्ता हमालले जानकारी दिए ।
यस्तो थियो घटनाक्रम !
पोखराको लेकसाइड, पृथ्बीचोक बसुन्धरा क्षेत्रमा कवाडी संकलनको काम गर्ने नन्दलाल श्रेष्ठ र कृष्ण चौधरी बीच काम गर्ने क्रममा २२ गते शनिबार दिउँसो अन्दाजी ४ बजेको समयमा भेट भएको थियो । सामान्य कुराकानी पश्चात साँझ ७ बजेतीर दुबैजनाले “सौफी” नामको प्लाष्टिकको रक्सी पिएका थिए । रक्सीको नशामा लठ्ठ उनीहरु कृष्ण चौधरीले आफ्नो श्रीमतीले खाना पकाएको छ, खान जाउँ भनेपछि दुबैजना बसुन्धरा पार्कस्थित प्रतिक्षालयमा गएर खाना खाएका थिए । सोही बेला कृष्ण चौधरीको श्रीमतीले चुरोट हरायो भनेपछि चौधरीले नन्दलाल श्रेष्ठलाई शंका गरी किन चुरोट चोरेको ? भन्दै पेटमा समात्न खोजेका थिए तर, नन्दलाल श्रेष्ठले चौधरीलाई पर धकेलेका थिए । त्यति नै बेला कृष्ण चौधरीले आगो बाल्न राखिएको चुल्होको ढुंगा टिपेर नन्दलाल श्रेष्ठलाई हिर्काउन खोज्दा उल्टो नन्दलालले ढुंगा खोसेर तीनपटकसम्म कृष्ण चौधरीको टाउकोमा ढुंगाले हिर्काएका थिए । ढुंगा प्रहारबाट गम्भीर घाइते अवस्थामा फेला परेका चौधरीलाई वडा प्रहरी कार्यालय वैदामबाट प्रहरी नायव उपरीक्षक यादव ढकालको कमाण्डमा खटिएको टोलीले उद्धार गरी तत्काल पश्चिम क्षेत्रीय अस्पताल लगेपनि उपचारका क्रममा चौधरीको मृत्यु भएको थियो ।
सम्बन्धित खबर
११ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार आरोपमा स्याङ्जाका एक पुरुष पक्राउ
चामलमै ११ थरी विषादी, लामो समय जोगाउन विषादीको अत्याधिक प्रयोग
२९ वर्ष पुरानो हत्या प्रकरणका फरार दोषी पक्राउ
परिचय खोल्दै बलेविरूद्ध संगम बिष्टको आक्रामक स्टाटसः ‘कत्थक नाच्थेँ, अब ताण्डव गर्छु’
कलाकार सागर लम्साल ‘बले’माथि बलात्कार आरोप
डिजिटल हिंसामा परेपछि अमिशा पुगिन् साइबर ब्युरो
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प