बाग्लुङका दुई अवैध क्रसर उद्योग बन्द

बाग्लुङका दुई अवैध क्रसर उद्योग बन्द

baluwa gitti

सांकेतिक तस्विर

बागलुङमा रहेका अवैध क्रसर उद्योग व्यवस्थित गर्न थालिएको छ । जिल्ला समन्वय समितिका संयोजक राजेन्द्र ढुङ्गानाको संयोजकत्वमा रहेको नदीजन्य तथा खानीजन्य पदार्थ जिल्ला अनुगमन समितिले मङ्गलबार गरेको अनुगमनमा बागलुङका दुई अवैध क्रसर उद्योग बन्द गर्न लगाइएको छ ।

मापदण्ड विपरीतका दुई क्रसर उद्योगलाई मापदण्डमा आउन आग्रह गर्दै तत्कालका लागि बन्द गर्न निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी तथा समितिका सदस्य सुरेश न्यौपानेले जानकारी दिए । “हामीले जिल्लाका क्रसर उद्योग व्यवस्थित गर्न थालेका थियौँ, हिजै गृह मन्त्रालयको समेत स्पष्ट निर्देशन आइसकेको छ” प्रजिअ न्यौपानेले भने, “दर्ता भएर राज्यको नीतिभन्दा बाहिर रहेका दुई क्रसर उद्योगलाई मापदण्डमा नआउन्जेल बन्द गरिएको छ, यस्तो अनुगमन जिल्लाभर चल्नेछ ।”

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ