गाँजा सुकाएर तयार पार्दै गरेको अवस्थामा एक व्यक्ति पक्राउ

गाँजा सुकाएर तयार पार्दै गरेको अवस्थामा एक व्यक्ति पक्राउ

ganja

बाग्लुङ – अवैध लागुऔषध गाँजा सहित एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको निसीखोला गाउँपालिका वडा नं -६ लुप्रवाङ बस्ने ३४ वर्षीय टेक बहादुर घर्ती मगर रहेका छन् ।

प्रहरीका अनुसार शनिबार बिहान ईलाका प्रहरी कार्यालय बुर्तिवाङबाट खटिएको प्रहरीको टोलीले आफ्नै बारीमा उत्पादन भएको गाँजा सुकाएर तयार पार्दै गरेको अवस्थामा घर्तीलाई पक्राउ गरेको जनाएको छ । प्रहरीले तयार पार्दै गरेको १ सय ५० केजी अवैध गाँजा वरामद गरेको छ ।

घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ