कोरोना संक्रमणका कारण दुई जना चिकित्सकको मृत्यु

कोरोना संक्रमणका कारण दुई जना चिकित्सकको मृत्यु

death-by-corona

सांकेतिक तस्विर

काठमाण्डौ– कोरोना संक्रमणका कारण दुई जना चिकित्सकको मृत्यु भएको छ।

त्रिभुवन विश्वविद्यलय चिकित्साशास्त्र अध्ययन संस्थानका प्राध्यापक एवं वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा. डा सुनिल झा र नेपाल वर्न सोसाइटी तथा इशान हस्पिटलका अध्यक्ष डा. नारायण बहादुर थापाको कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीले पुष्टि गरे ।

अधिकारीका अनुसार विरामीहरुको उपचारकै क्रममा कोरोना संक्रमण भई उपचाररत रहेकोमा सोमबार राति र एकको बिहान मृत्यु भएको हो ।

मन्त्रालयले उहाँहरुको निधनबाट देशलाई ठूलो क्षति पुग्न गई सम्पूर्ण नेपालीलाई मर्माहत बनाएको जनाएको छ। साथै, मन्त्रालयले विज्ञप्ति मार्फत यस दूखद घडीमा मृतात्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवार र आफन्तजनमा समवेदना प्रकट गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ