आफन्तलाई भेटेर फर्किएका सुनार मृत अवस्थामा फेला

आफन्तलाई भेटेर फर्किएका सुनार मृत अवस्थामा फेला

death body

पर्वत – आफन्तलाई भेट्न गएका एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।

जिल्लाको महाशिला गाउँपालिका वडा नं -५ लामे बस्ने ५३ वर्षीय नर बहादुर सुनार बुधबार दिउँसो १ बजे सोही स्थानको लामे भिरबाट अन्दाजी ३० -३५ मिटर तल मृत अवस्थामा फेला परेको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

प्रहरीका अनुसार मंगलबार स्थानीय टेक बहादुर सुनारको घरमा भेटघाट गरी घर फर्किएका सुनार अबेरसम्म घर नफर्किएपछि खोजतलास गरिएकोमा आफन्तले भोलिपल्ट उक्त स्थानमा मृत अवस्थामा फेला पारेका हुन् ।

घटनाको जानकारी लगत्तै खटिएको प्रहरीको टोलीले घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान शुरु गरेको बताएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 2 seconds