पोखराको पुम्दीकोटमा ५१ फिट अग्लो विशाल शिवमूर्ति (फोटो फिचर)

पोखराको पुम्दीकोटमा ५१ फिट अग्लो विशाल शिवमूर्ति (फोटो फिचर)

Pumdi Bhumdi Shiva Mahadev

तस्वीर सौजन्यः अशोक बस्नेत/प्लस पोइन्ट क्रियशन

पोखरा । पोखराको पुम्दीकोटमा शिवमूर्ति निर्माण गरिएको छ । पोखरा महानगरपालिका–२२ को पुम्दीभुम्दीस्थित पुम्दीकोटलाई धार्मिक एवं पर्यटकीय आकर्षणको केन्द्रको रूपमा विकास गर्ने उद्देश्यले भगवान शिवको विशाल मूर्ति बनाइएको हो ।

भारत मथुराबाट शिवको मूर्ति पोखरा ल्याइएको पुम्दीकोट विशाल महादेव मूर्ति निर्माण तथा पर्यटन प्रवद्र्धन उपभोक्ता समितिका अध्यक्ष चन्द्रकान्त बरालले जानकारी दिए ।

जडान गर्दा ताकाको तस्वीर:

अष्ठधातुजडित फाइवर ग्लासको ६ टन तौल बराबरको सो मूर्ति लिफ्ट र क्रेनको सहयोगमा जडान गरिएको अध्यक्ष बरालले बताए । मूर्ति जडानका लागि भारतबाटै कालिगढी झिकाइएको उनले बताए ।

भारतको मथुरामा निर्मित सो मूर्ति जडानमा हाल २० जना कामदार खटिएका थिए ।  ‘नागरिक उड्डयन प्राधिकरणको सुझावलाई मध्यनजर गर्दै १०८ फिटबाट घटाई ५१ फिटमा झारिएको हो’ अध्यक्ष बरालले भने–‘उभ्भिएको मूर्ति राख्ने योजना थियो। अहिले बसेको(पद्मासनको) मूर्ति राखिएको हो ।’

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ