एमबीएस दोस्रो र चौथो सेमेस्टरको परीक्षा मंसिर २९ गतेदेखि

एमबीएस दोस्रो र चौथो सेमेस्टरको परीक्षा मंसिर २९ गतेदेखि

exam

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले एमबीएस (मास्टर्स अफ विजिनेस स्टडिज) दोस्रो र चौथो सेमेस्टरको परीक्षा २९ मंसिरबाट सञ्चालन गर्ने भएको छ ।

नोवेल कोरोना भाइरस (कोभिड–१९) का कारण स्थगित परीक्षा ८ पुसभित्र सम्पन्न गर्ने गरी परीक्षा तालिका सार्वजनिक गरेको हो । परीक्षा केन्द्र भने तोक्न बाँकी रहेको त्रिवि परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

यसैबीच, त्रिविले एमपीए (मास्टर्स अफ पब्लिक एड्मिनिस्ट्रेसन) दोस्रो सत्रको स्थगित दुई वटा विषयको परीक्षा तालिका सार्वजनिक गरेको छ । जसअनुसार Organizational Behaviour (एमपीए ५१०) को २९ मंसिर र Administrative System in Nepal (एमपीए ५०८) को ३ पुसमा परीक्षा हुने भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds