काठमाण्डौ – गत आर्थिक वर्षपनि कम्पनी तर्फ सर्वाधिक आयकर सुर्य नेपालले प्रा.लिले तिरेको छ । २०७५/०७६ मा सबैभन्दा बढी कर दाखिला गरी सम्मानित हुने करदाताको सूचीमा सूर्य नेपाल प्रालि परेको हो । जुन कम्पनी अन्तर्गत सूर्य, शिखर, खुकुरी, पाइलट चुरोट र सलाई लगायत दिपम अगरबत्ती उत्पादन हुन्छन् ।
यस्तै निर्यातकर्ता मध्ये सबैभन्दा बढी आयकर कर तिर्ने कम्पनीमा डाबर नेपाल प्रा.लि रहेको छ । जसले नेपालमा दन्तमंजन, साबुन, जडिबुटी जन्य औषधी लगायत, रियल बर्स्ट जुस, चकलेट तथा मह जस्ता ब्राण्डहरु भारतबाट निर्यात गर्छ ।
वाणिज्य बैंकमा सबैभन्दा बढी नबिल बैंकले आयकर तिरेको छ । बीमा भने भने पुनरर्बीमा कम्पनीले सबैभन्दा बढी कर तिरेको छ ।
यो वर्ष व्यक्तिगततर्फ सबैभन्दा बढी कर व्यक्तिगत तर्फ विजयकुमार शाहले तिरेका छन् । उनी जावलाखेल ग्रुप अफ कम्पनीका अध्यक्ष हुन् । मदिरा व्यवसायका शाहको ठूलो व्यवसायिक साम्राज्य छ । उनको कम्पनी अन्तर्गत रुस्लान भोड्का,गोल्डेन ओक र वार्सटाइनर बियर उत्पादन गर्छ ।
पछिल्लो ४ वर्षदेखि व्यक्तिगत आयकर तर्फ सबैभन्दा बढी कर सिदार्थ शमशेर राणाले तिर्दै आएका थिए ।
यस्तै व्यापार व्यवसायमा अग्नी इन्ककप्रोरेटले कर तिरेको छ । रेमिटेन्स तर्फ सबैभन्दा बढी कर आइएमई रेमिटेन्स कम्पनीले तिरेको छ ।
पर्यटनमा सबैभन्दा बढी तारागाउँ रिजेन्सीले धेरै आयकर तिरेको छ । शिक्षण सेवामा मणिपाल एजुकेशन एण्ड मेडिकल ग्रुपले तिरेको छ । मध्यम स्तरको करदाताबाट सबैभन्दा बढी कामना सेवा विकास बैंकले कर तिरेको छ ।

सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा