बाग्लुङको बडिगार्डस्थित दाँगामा जीप दुर्घटना, आमा छोरीको मृत्यु

बाग्लुङको बडिगार्डस्थित दाँगामा जीप दुर्घटना, आमा छोरीको मृत्यु

accident-death

बाग्लुङ –  पिकअप जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै ज्यान गएको छ ।

जिल्लाको बडिगार्ड गाउँपालिका वडा नं -५ दाँगा स्थित भित्री कच्ची सडक खण्डमा जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सुरखुरेबाट खारातर्फ  आउंदै गरेको लु १ ज ४३७० नम्वरको जीप सडकबाट अन्दाजी ४०० मिटर तल खस्दा जिपमा सवार ५ मध्ये बडिगार्ड गाउंपालिका -५ दागा बस्ने २२ वर्षीया टेकमाया राना र उनकी अन्दाजी ७ महिनाकी छोरी छायाँ रानाको घटनास्थलमा ज्यान गएको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

घटनामा सोही स्थान बस्ने ६० वर्षीया गौमती रोक्का गम्भीर घाइते छिन् । उनलाई उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ ।  दुर्घटनाको कारण थाहा भैसकेको छैन । यद्यपी, घटनास्थलमा खटिएको प्रहरीको टोलीले घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds