पोखरा । पोखराका ८० सहित गण्डकी प्रदेशमा १२४ जना कोरोना संक्रमित थपिएका छन् ।
गण्डकी प्रदेशको ६ वटा जिल्लामा थप नयाँ कोरोना संक्रमित थपिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
प्रदेशको कास्कीमा ८२ जना जसमा पोखरा महानगरपालिकाका ८० जना र मादी गाउँपालिकाका २ जना रहेका छन् ।
त्यस्ती गोरखाका १७ जना, लमजुङका ३ जना, नवलपरासी पूर्वका ५ जना, स्याङजाका ६ जना र तनहुँका ११ जनामा कोरोना संक्रमण भएको निर्देशनालयले जनाएको छ ।