दोलखाको भीमेश्वर मन्दिरका देवतामा आयो फेरि पसिना: मुलुकमा अशुभ हुने संकेत !

दोलखाको भीमेश्वर मन्दिरका देवतामा आयो फेरि पसिना: मुलुकमा अशुभ हुने संकेत !

bhimeshowar Mandir Dolakha

दोलखा । दोलखाको भीमेश्वरको शिलामा पसिना आएको छ । सो मन्दीरमा पसिना आए मुलुकमा अशुभ हुने तथा नराम्रा घटनाहरु हुने धार्मिक मान्यताहरु रहेका छन् । यसअघि पनि शिलामा पसिना आउदा देशमा ठूला-ठूला क्षति भएका थिए ।

पछिल्लो पटक मंगलबार आज दिउँसो २ बजेदेखि भीमेश्वरको शिलामा निरन्तर पसिना आइरहेको मन्दीर व्यवस्थापन समितिका अध्यक्ष भरत श्रेष्ठले बताए । उनले शिलामा पसिना आएको यो १८ औं पटक भएको बताए ।

यसअघि शिलामा १७ औं पटक फागुन ८ मा आएको उहाँले जानकारी दिए । त्यसपछि लगत्तै कोरोना महामारीका कारण देशभरी लकडाउन भएको थियो । २०६२\०६३ को जनआन्दोलन अघि पनि शिलामा पसिना आउको थियो ।

त्यस्तै राजदरबार हत्याकाण्ड हुनुभन्दा डेढ महिनाअघि पनि पसिना आएको थियो । त्यस्तैगरि १९९० मा भूकम्प आउनुभन्दा अघि पनि शिलामा पसिना आएको बताइन्छ ।

मंगलबार पनि शिलाको दायाँ बायाँ दुवै भागबाट पसिना आइरहेको अध्यक्ष श्रेष्ठले बताए ।

लकडाउन पछि नियमित पूजाको लागि खोलिएको मन्दिर एकहप्ता पछि पुन बन्द गरिएको थियो । अहिले सर्वसाधारणका लागि बन्द रहेको छ ।

तर पसिना आउन थालेपछि चलन अनुसार मन्दिर व्यवस्थापन तथा गुठियारहरुले र स्थानीयले पूजा गरिरहेका छन् ।

पसिना आएपछि क्षमा पूजाको लागि शिलामा आएको पसिना पुछ्ने चलन छ । त्यहाँ पसिना पुछिएको रुवा जिल्ला प्रशासन कार्यालयको रोहवरमा गृहमन्त्रालयमार्फत राष्ट्रपतिको कार्यालयमा पुर्‍याउने व्यवस्था गरिएको छ । यसअघि राजाका पालामा पसिना आउँदा राजदरबाट क्षमा पूजाको लागि पञ्चवली पठाउने प्रचलन थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds