पर्वत – सरकारी छाप दस्तखत किर्ते मुद्दाका फरार प्रतिवादी फलेवास नगरपालिका-१० बस्ने २६ वर्षीय हिमाल पौडेललाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत बाग्लुङको २०७१ असार १९ गतेको फैसलाले उक्त मुद्दामा ११ महिना ८ दिन कैद र नगद ५० रुपैयाँ जरिवाना ठहर भई फरार रहेका हिमाललाई प्रहरी चौकी फलेवास पर्वतबाट खटीएको प्रहरीले उनकै घरमा फेला पारी पक्राउ गरेको हो ।
पक्राउ परेका पौडेलमाथी थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।