पोखरा – भारतबाट काँकडभित्ता हुँदै पोखरा तर्फ आउंदै गरेका एक युवक मृत अवस्थामा फेला परेका छन् । मृतक बाग्लुङ जिल्ला ठेगाना भएका २८ वर्षीय दिवस केसी रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार काँकडभित्ताबाट पोखरा तर्फ आइरहेको बा ३ ख ९६२१ नम्वरको बसमा सवार युवक मंगलबार बिहान अन्दाजी ९:३० बजेको समयमा पोखरा महानगरपालिका -९ पृथ्बीचोक स्थित बसपार्कमा आइपुग्दा बस भित्रको गल्लीमा उत्तानो परेको, मुखबाट रगत बगेको अवस्थामा मृत फेला परेको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
घटनाको जानकारी लगत्तै पुगेको प्रहरीको टोलीले घटनाका सम्बन्धमा अनुसन्धान गरिरहेको जनाएको छ ।