रहेनन् महान फुटबलर म्याराडोना, ह्रदयघातका कारण मृत्यु

रहेनन् महान फुटबलर म्याराडोना, ह्रदयघातका कारण मृत्यु

diego-maradona-argentina

एजेन्सी – चर्चित फुटबलर डियगो माराडोनाको निधन भएको छ । ६० वर्षीय माराडोनाको ह्रदयघातका कारण बुधबार मृत्यु भएको हो ।

माराडोनाको यसै नोभेम्बरको पहिलो सातामात्र मस्तिष्कमा रगत जमेका कारण शल्यक्रिया गरिएको थियो । सफल शल्यक्रियापछि उनी अत्याधिक मदिरा सेवनको लत छुटाउन उपचाररत थिए ।

माराडोनाले सन् १९९४ मा अन्तिमपटक विश्वकप खेलेका थिए । अमेरिकाविरुद्धको यो खेलमा उनलाई लागूऔषध प्रयोग गरेको आरोपमा स्वदेश फर्काइएको थियो ।

उनले सन् १९९७ मा ३७ वर्षको उमेरमा फूटबलबाट सन्न्यास लिएका थिए । चार विश्वकपमा अर्जेन्टिनाबाट खेलेका माराडोनाले कुल ९१ खेलमा ३४ गोल गरेका थिए ।

सन् २००८ मा अर्जेन्टिनाको राष्ट्रिय टिमको प्रशिक्षक रहेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ