एक्सलट्रिपको ४ दिने ब्लाक फ्राइडे सेल, सबैभन्दा सस्तोमा हवाइ टिकट र होटल बुकिङ

एक्सलट्रिपको ४ दिने ब्लाक फ्राइडे सेल, सबैभन्दा सस्तोमा हवाइ टिकट र होटल बुकिङ

128173358_683277522376785_889652347500743896_n

काठमाडौं । नेपालकै पहिलो ओटीए प्लाटफर्म एक्सलट्रिपले ४ दिने ब्लाक फ्राइडे सेल सुरु गरेको छ । मङ्सिर १२ गते सुरु भएको सेल मङ्सिर १५ सम्म चल्नेछ ।

एक्सलट्रिप मार्फत विश्वभर होटल, फ्लाइट टिकटसँगै होलिडे प्याकेज बुकिङ गर्न सकिन्छ । ब्लाक फ्राइडे अन्तर्गत भौचर कोड (XCELTRIPBF500) प्रयोग गरि बुकिङ गर्दा सिधै ५ सय रुपैयाँ छुट प्राप्त गर्न सकिने एक्सलट्रिपका सिइओ ज्ञानेन्द्र खड्काले बताए ।

४ दिने ब्लाक फ्राइडे सेल अवधीमा पोखरा, चितवन, धुलिखेल, नगरकोट र काठमाडौका होटल बुकिङ गर्दा ७५ प्रतिशत सम्म छुटमा बुकिङ गर्न सकिने बताइएको छ ।

यो सेल अवधीमा कुनै पनि होटल तथा हवाई टिकट खरिद गर्ने ग्राहकमध्येबाट एक जनालाई पोखरामा दुइतर्फी हवाई टिकट सहित २ रात ३ दिनको ट्राभल प्याकेज पुरस्कार प्रदान गरिने खड्काले बताए ।

एक्सलट्रिपको मोबाइल एप र अफिसियल वेबसाइट (xceltrip.com.np)बाट नेपालको ५ वटै डोमेस्टिक एयरलान्स र ८ सय भन्दा बढि होटल र संसारभर २३ लाख भन्दा बढि होटल र ४ सय ५० वटा एयरलान्सबाट २ सय भन्दा बढि डेस्टिनेसनमा बुक गर्न सकिने छ ।

एक्सलट्रिपमा नेपालकै सम्पुर्ण डिजिटल पेमेन्ट (ई सेवा, फोन पे) लगायत बैकंहरुको मोबाइल बैकिङ एप र सम्पुर्ण बैकं कार्ड प्रयोग गरि नेपाल भित्र वा अन्य देशको पनि होटल र एयरलान्स बुक गर्न सकिनेछ । एक्सलट्रिप नेपालले हाल जिरो प्रतिशत कमिसन मा हरेक होटल वा एयरलान्स बुकिङ सेवा प्रदान गर्दै आएको छ ।

त्यस्तै नेपाल पर्यटन बोर्डसंगको सहकार्यमा एक्सलट्रिपले ‘नेपालको पर्यटन प्रर्वधन हाम्रो दायित्व मुल नाराका साथ प्रोमोटिङ नेपाल’ र ‘प्रोमोटिङ डोमेस्टिक टुरिज्म नेपाल’ अभियान नै सञ्चालन गर्दै आइरहेको छ। एक्सलट्रिपले नेपालको पर्यटन प्रवद्र्धनलाई अन्तराष्ट्रियकरण गर्दै विश्वभर नेपालको पर्यटन प्रबद्र्धन गर्ने पनि लक्ष्य लिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ