काठमाडौं । नेपालकै पहिलो ओटीए प्लाटफर्म एक्सलट्रिपले ४ दिने ब्लाक फ्राइडे सेल सुरु गरेको छ । मङ्सिर १२ गते सुरु भएको सेल मङ्सिर १५ सम्म चल्नेछ ।
एक्सलट्रिप मार्फत विश्वभर होटल, फ्लाइट टिकटसँगै होलिडे प्याकेज बुकिङ गर्न सकिन्छ । ब्लाक फ्राइडे अन्तर्गत भौचर कोड (XCELTRIPBF500) प्रयोग गरि बुकिङ गर्दा सिधै ५ सय रुपैयाँ छुट प्राप्त गर्न सकिने एक्सलट्रिपका सिइओ ज्ञानेन्द्र खड्काले बताए ।
४ दिने ब्लाक फ्राइडे सेल अवधीमा पोखरा, चितवन, धुलिखेल, नगरकोट र काठमाडौका होटल बुकिङ गर्दा ७५ प्रतिशत सम्म छुटमा बुकिङ गर्न सकिने बताइएको छ ।
यो सेल अवधीमा कुनै पनि होटल तथा हवाई टिकट खरिद गर्ने ग्राहकमध्येबाट एक जनालाई पोखरामा दुइतर्फी हवाई टिकट सहित २ रात ३ दिनको ट्राभल प्याकेज पुरस्कार प्रदान गरिने खड्काले बताए ।
एक्सलट्रिपको मोबाइल एप र अफिसियल वेबसाइट (xceltrip.com.np)बाट नेपालको ५ वटै डोमेस्टिक एयरलान्स र ८ सय भन्दा बढि होटल र संसारभर २३ लाख भन्दा बढि होटल र ४ सय ५० वटा एयरलान्सबाट २ सय भन्दा बढि डेस्टिनेसनमा बुक गर्न सकिने छ ।
एक्सलट्रिपमा नेपालकै सम्पुर्ण डिजिटल पेमेन्ट (ई सेवा, फोन पे) लगायत बैकंहरुको मोबाइल बैकिङ एप र सम्पुर्ण बैकं कार्ड प्रयोग गरि नेपाल भित्र वा अन्य देशको पनि होटल र एयरलान्स बुक गर्न सकिनेछ । एक्सलट्रिप नेपालले हाल जिरो प्रतिशत कमिसन मा हरेक होटल वा एयरलान्स बुकिङ सेवा प्रदान गर्दै आएको छ ।
त्यस्तै नेपाल पर्यटन बोर्डसंगको सहकार्यमा एक्सलट्रिपले ‘नेपालको पर्यटन प्रर्वधन हाम्रो दायित्व मुल नाराका साथ प्रोमोटिङ नेपाल’ र ‘प्रोमोटिङ डोमेस्टिक टुरिज्म नेपाल’ अभियान नै सञ्चालन गर्दै आइरहेको छ। एक्सलट्रिपले नेपालको पर्यटन प्रवद्र्धनलाई अन्तराष्ट्रियकरण गर्दै विश्वभर नेपालको पर्यटन प्रबद्र्धन गर्ने पनि लक्ष्य लिएको छ ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार