पोखरा – शनिबार कोरोना संक्रमणका कारण थप ४ जनाको मृत्यु पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालयको अद्यावधिक विवरण अनुसार कास्की, तनहुँ र लमजुङका थप ४ जना कोरोना संक्रमितको मृत्यु पुष्टि भएको हो ।
मृत्यु हुनेमा कास्की जिल्ला पोखरा महानगरपालिका -१५ निवासी ५२ वर्षीय पुरुष रहेका छन् । गत मंसिर ८ गते कोरोना पुष्टि भई गण्डकी मेडिकल कलेजमा उपचाररत पुरुषको शुक्रबार मृत्यु भएको हो ।
यस्तै पोखरा -१० का ६९ वर्षीय कोरोना संक्रमित वृद्धको मृत्यु पुष्टि भएको छ । गत बुधबार कोरोना पोजेटिभ देखिएर उपचारका लागि गण्डकी मेडिकल कलेज भर्ना भएका उनको शुक्रबार राती मृत्यु भएको हो ।
उता तनहुँ जिल्ला रिसिङ गाउँपालिका -८ की ७८ वर्षीया वृद्धाको मृत्यु पुष्टि भएको छ । शुक्रबार कोरोना पुष्टि भएर उपचारका लागि मणिपाल शिक्षण अस्पताल भर्ना भएकी वृद्धाको शुक्रबार बेलुका मृत्यु भएको हो । भने, लमजुङ जिल्ला मध्यनेपाल नगरपालिका -६ निवासी ८५ वर्षीय कोरोना संक्रमित वृद्धको पनि मृत्यु पुष्टि भएको छ । गत कार्तिक २८ गते कोरोना पुष्टि भएर उपचारका लागि स्वास्थ्य विज्ञान प्रतिष्ठान भर्ना भएका उनको उपचारका क्रममा शनिबार दिउँसो २:०९ बजे मृत्यु भएको हो । मृतकमा निमोनिया र मृगौलाको पनि समस्या रहेको अस्पतालले जनाएको छ ।
यो संगै, गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १५२ पुगेको छ ।


सम्बन्धित खबर
उद्योग वाणिज्य संघको नेतृत्वमा लम्कँदै ‘तेस्रो पुस्ता’
सिंगापुरमा फेरि कोरोना, नागरिकलाई भन्यो – ‘अस्पतालमा संक्रमितको चाप बढ्यो, सतर्क होऔँ’
कोरोना संक्रमणका कारण एक जनाको मृत्यु, थप १०६ जनामा संक्रमण पुष्टि
बढ्न थाल्यो कोरोना संक्रमणदर, देशभर ३९६ सक्रिय संक्रमित
एकैदिन थप २ जनाको मृत्यु, २ सय जनामा कोरोना संक्रमण
थप २०६ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु पुष्टि
यो पनि पढौँ
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला
अहिले खण्डग्रास चन्द्रग्रहण लाग्दै, हेर्न हुन्छ कि हुँदैन ?