स्याङ्जामा गोठमा लागेको आगो निभाउने क्रममा जलेर दम्पती गम्भीर घाइते

स्याङ्जामा गोठमा लागेको आगो निभाउने क्रममा जलेर दम्पती गम्भीर घाइते

Aagalagi

स्याङ्गजा – गोठमा लागेको आगो निभाउने क्रममा जलेर स्याङ्गजामा एक दम्पती गम्भीर घाइते भएका छन् ।

आइतबार राती अन्दाजी १० बजे हरीनास गाउँपालिका वडा नं -७ बुग्दीखोला बस्ने ३६ वर्षीय टोप बहादुर विकको ढुंगा माटोले बनेको, खरले छाएको कच्ची गोठमा अचानक आगलागी हुँदा आगो निभाउने क्रममा दम्पती आफै जलेर घाइते भएका हुन् ।

घाइते हुनेमा टोप बहादुर विक सहित उनकी ३५ वर्षीया श्रीमती सिता विक रहेको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

प्रहरीका अनुसार घाइते दुबैलाई थप उपचारका लागि पोखरा स्थित पश्चिम क्षेत्रीय अस्पताल भर्ना गरिएको छ । उनीहरु दुबैको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ