बुधबार पोखराका ३५ सहित गण्डकीमा थप ११७ जनामा कोरोना पुष्टि, दुई जनाको मृत्यु

बुधबार पोखराका ३५ सहित गण्डकीमा थप ११७ जनामा कोरोना पुष्टि, दुई जनाको मृत्यु

unnamed

पोखरा – बुधबार पोखराका ३५ सहित गण्डकीमा थप ११७ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालयका अनुसार गण्डकीका ४८२ जनामा गरिएको परीक्षणमा थप ११७ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो । आज पुष्टि भएका संक्रमित प्रदेशका ९ जिल्लाका छन् । जसअनुसार कास्कीको पोखरा महानगरमा ३५, तनहुँमा २३, गोरखामा १७, लमजुङमा २५, नवलपुरमा १, स्याङ्गजामा २,पर्वतमा ३, बाग्लुङमा १० र मुस्ताङ जिल्लाका १ जनाको परीक्षण रिपोर्ट पोजेटिभ आएको जारी विज्ञप्तिमा जनाइएको छ ।

आज पुष्टि भएका संगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १२ हजार २ सय ७९ पुगेको छ ।

यस्तै पछिल्लो २४ घन्टामा गण्डकीबाट ३३ जना कोरोनामुक्त भएका छन् । यो संगै, कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ७ हजार २ सय ४३ पुगेको छ ।

बुधबार पनि गण्डकीमा कोरोना संक्रमणका कारण थप दुई जनाको मृत्यु पुष्टि भएको छ ।

आज पुष्टि भएका मृतक नवलपुर जिल्ला कावासोती नगरपालिका -१४ निवासी ७८ वर्षीय वृद्ध र पोखरा महानगरपालिका -१४ निवासी ४८ वर्षीया महिला रहेकी छन् ।

आज थपिएका मृतक संगै गण्डकीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६२ पुगेको निर्देशनालयका प्रमुख डा विनोद विन्दु शर्माले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 3 seconds