कोरोनामुक्त उपल्लो मुस्ताङको छोसेरमा कोभिड अस्पताल, बुधबारबाट सेवाआरम्भ

कोरोनामुक्त उपल्लो मुस्ताङको छोसेरमा कोभिड अस्पताल, बुधबारबाट सेवाआरम्भ

lomanthang covid

एसके ‘आस्था’ थकाली, जोमसोम । कोरोना मुक्त भएर ग्रीनजोनको रुपमा रहेको उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका – २, छोसेरमा बुधबारबाट कोभिड अस्पतालको सेवा सुरु भएको छ ।

लोमान्थाङ गाउँपालिकाले निर्माण गरेको नवनिर्मित ५ कोठे भवनमा अस्थायी कोभिड अस्पतालको सेवा सञ्चालनमा आएको गाउँपालिकाले जनाएको छ । २ हप्ताअघि कोभिड अस्पतालको गाउँपालिका अध्यक्ष सुबर्णकुमार बिष्टले उद्घाटन गरेका थिए ।

सरकारले कोरोना संक्रमित व्यक्तिको उपचारमा सहज रुपमा सहयोग पुर्याउन सरकारी अस्पताल नभएका स्थानिय तहमा ५ बेडको कोभिड अस्पताल बनाउनका लागि १० लाख बजेट लोमान्थाङ गाउँपालिकालाई निकासा गरेको छ थियो । सोहि बजेटको आधारमा लोमान्थाङ गापाले अस्थायी कोभिड अस्पतालका लागि बेड, औषधि र स्वास्थ्य उपकरण खरिद गरेको बिष्टले जानकारी दिए ।

उनका अनुसार सेवा सुरुसँगै तत्काल गापामा रहेका स्वास्थ्यकर्मीको परिचालन गर्ने र पछि मन्त्रालय तोकेको कार्यविधि अनुसार स्वास्थ्यकर्मी पदपूर्ति गरिने ईन्जिनियर घिमिरेले बताए । स्थानिय तहमा ५ बेडको कोरोना अस्थायी अस्पतालमा एक जना मेडिकल अफिसर, २ जना स्टाफ नर्स र १ जना कार्यालय सहयोगी गरी ४ जनाको जनशक्ति तोकिएको छ ।

विश्वब्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाईरस संक्रमित व्यक्तिको प्राथमिक उपचार र कोरोना रोकथाम तथा नियन्त्रणका लागि अस्थायी कोभिड अस्पतालको सेवा सञ्चालनमा आएपनि लोमान्थाङमा हालसम्म कोरोना संक्रमित व्यक्ति नभएको गापाले जनाएको छ । गाउँपालिकाले सम्भावित तथा संक्रमित व्यक्तिको उपचार तथा व्यवस्थापन गर्न सहज हुने गाउँपालिकाले बताएको छ ।

मुकाम केन्द्रित स्वास्थ्य सेवाको दायरा फराकिलो बनाउँदै सरकारले स्थानिय तहलाई स्वास्थ्य अधिकार सम्पन्न बनाउन खोजेको हो । यसले कोभिड उपचार व्यवस्थापनमा सरकारले महत्वपूर्ण भुमिका खेलेको बताइएको छ। स्थानिय तह भित्रै स्वास्थ्य सेवाको अवसर प्राप्त हुनु नागरिकका लागि गर्वको बिषय भएको र यसबाट नन कोभिडका बिरामीलाई पनि सेवा दिन सकिने गाउँपालिकाको भनाई छ ।

यस्तै, आज लोघेकर दामोदरकुण्ड गाउँपालिका १ चराङमा कोभिड अस्पतालले सेवा सुरु गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ