पोखराको बुद्धचोकमा टिपरको ठक्करबाट वृद्ध दम्पति घाइते

पोखराको बुद्धचोकमा टिपरको ठक्करबाट वृद्ध दम्पति घाइते

tipper

पोखरा – पोखरामा टिपरको ठक्करबाट दुई जना पैदलयात्री घाइते भएका छन् ।

शुक्रबार पोखरा महानगरपालिका वडा नं -१० बुद्धचोकमा ना ३ ख ६४४५ नम्वरको टिपरले पैदलयात्री पोखरा -२६ जलधारा बस्ने ६८ वर्षीय रामबहादुर विक र उनकी श्रीमती वर्ष ७० की राम कुमारी विकलाई ठक्कर दिंदा सख्त घाइते भएको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

प्रहरीका अनुसार घाइते दुबैको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।

वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीको टोलीले टिपरका चालकलाई नियन्त्रणमा लिएर घटनाका बिषयमा अनुसन्धान शुरु गरेको जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ