कास्कीका १०६ जनाको परीक्षण गर्दा ७१ जना पोजेटिभ, गण्डकीमा शुक्रबार ८४ संक्रमित थपिए

कास्कीका १०६ जनाको परीक्षण गर्दा ७१ जना पोजेटिभ, गण्डकीमा शुक्रबार ८४ संक्रमित थपिए

Gandaki-Map copy

पोखरा – शुक्रबार पोखराका ७१ सहित गण्डकीमा थप ८४ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालयद्वारा आज जारी विज्ञप्ति अनुसार गण्डकीका १५६ जनाको परीक्षण गरिएकोमा थप ८४ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

आज पुष्टि भएका संक्रमित प्रदेशका ५ जिल्लाका छन् । जसअन्तर्गत कास्कीको पोखरा महानगरका ७१, तनहुँमा १, स्याङ्गजामा २, बाग्लङमा १ र म्याग्दी जिल्लाका ९ जनाको परीक्षण रिपोर्ट पोजेटिभ आएको जारी विज्ञप्तिमा जनाइएको छ ।

आज थपिएका संक्रमित संगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १२ हजार ४ सय ७९ पुगेको छ । भने, हाल प्रदेशभर सक्रिय संक्रमितको संख्या ५ हजार २५ पुगेको छ । जसमध्ये ३ हजार ८ सय ६८ जना होम आइसोलेसनमा बसेका छन् ।

यस्तै पछिल्लो २४ घन्टामा गण्डकीबाट १३ जना कोरोना मुक्त भएका छन् । यो संगै प्रदेशमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ७ हजार २ सय ९१ पुगेको छ ।

शुक्रबार पनि कोरोना संक्रमणका कारण गण्डकीमा एकजनाको मृत्यु पुष्टि भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नं -८ निवासी ६६ वर्षीया वृद्धा रहेकी छन् ।

गत मंसिर १३ गते कोरोना पुष्टि भई चरक मेमोरियल अस्पताल भर्ना भएकी उनको उपचारकै क्रममा आज मृत्यु पुष्टि भएको हो । आज थप भएका मृतक संगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १६३ पुगेको निर्देशनालयले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 4 seconds