कास्कीका १०६ जनाको परीक्षण गर्दा ७१ जना पोजेटिभ, गण्डकीमा शुक्रबार ८४ संक्रमित थपिए

कास्कीका १०६ जनाको परीक्षण गर्दा ७१ जना पोजेटिभ, गण्डकीमा शुक्रबार ८४ संक्रमित थपिए

Gandaki-Map copy

पोखरा – शुक्रबार पोखराका ७१ सहित गण्डकीमा थप ८४ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालयद्वारा आज जारी विज्ञप्ति अनुसार गण्डकीका १५६ जनाको परीक्षण गरिएकोमा थप ८४ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

आज पुष्टि भएका संक्रमित प्रदेशका ५ जिल्लाका छन् । जसअन्तर्गत कास्कीको पोखरा महानगरका ७१, तनहुँमा १, स्याङ्गजामा २, बाग्लङमा १ र म्याग्दी जिल्लाका ९ जनाको परीक्षण रिपोर्ट पोजेटिभ आएको जारी विज्ञप्तिमा जनाइएको छ ।

आज थपिएका संक्रमित संगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १२ हजार ४ सय ७९ पुगेको छ । भने, हाल प्रदेशभर सक्रिय संक्रमितको संख्या ५ हजार २५ पुगेको छ । जसमध्ये ३ हजार ८ सय ६८ जना होम आइसोलेसनमा बसेका छन् ।

यस्तै पछिल्लो २४ घन्टामा गण्डकीबाट १३ जना कोरोना मुक्त भएका छन् । यो संगै प्रदेशमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ७ हजार २ सय ९१ पुगेको छ ।

शुक्रबार पनि कोरोना संक्रमणका कारण गण्डकीमा एकजनाको मृत्यु पुष्टि भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नं -८ निवासी ६६ वर्षीया वृद्धा रहेकी छन् ।

गत मंसिर १३ गते कोरोना पुष्टि भई चरक मेमोरियल अस्पताल भर्ना भएकी उनको उपचारकै क्रममा आज मृत्यु पुष्टि भएको हो । आज थप भएका मृतक संगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १६३ पुगेको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ