निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्गको पर्वतखण्ड विस्तार गर्न दैनिक साढे तीन घण्टा बन्द गरिने भएको छ । जिल्ला प्रशासन कार्यालयको संयोजनमा शुक्रबार बसेको सर्वपक्षीय बैठकले लोकमार्गको अप्ठेरो भिरमा कटान गर्नका लागि यही आइतबारदेखि दुई हप्ताका लागि सडक बन्द गर्ने निर्णय गरेको छ ।
लोकमार्गको कुश्मा नगरपालिका–७ खरेहादेखि वडा नं ८ को दोबिल्लाबीचको भिरमा सडक फराकिलो बनाउन सडक बन्द गरेर काम गर्ने निर्णय बैठकले गरको छ । सो सडकखण्डमा बिहान ११ बजेदेखि दिउँसो साढे २ बजेसम्म सडक बन्द निर्णय गरिएको कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी घनश्याम गौतमले जानकारी दिए ।
सडकखण्डमा अहिले धमाधम काम भइरहेको छ । लोकमार्गको झण्डै ७० प्रतिशत काम सम्पन्न भएको छ । खरेहा र चुवाको भीर तथा चुवादेखि दोबिल्ला बीचको दूरीमा रहेको भिरमा कडा चट्टान फुटाउन बाँकी रहेकाले सडक बन्दनै गरेर निर्माण अघि बढाउन लागिएको हो ।
सडकमा सवारीको चाप बढ्दै गएकाले काम गर्न समस्या पर्ने हुँदा आवतजावत नै रोकेर निर्माण गर्न थालिएको सडक निर्माण कम्पनी लामा कन्स्ट्रक्सन कम्पनीका प्रोजेक्ट म्यानेजर गोविन्द भुसालले जानकारी दिए ।
सम्बन्धित खबर
मालढुंगा–बेनी सडकमा पहिरो खस्दा मोटरसाइकल पुरियो, चालक गम्भीर घाइते
पर्वतमा ट्याक्टर दुर्घटनाः चालकसहित दुई जनाको मृत्यु, एक घाइते
आगलागीबाट डेरी उद्योग गुमाएका पर्वत कटुवाचौपारीका लामिछानेलाई अमेरिकाबाट सहयोग
प्रहरीले पिछा गरेपछि मालढुङ्गा पुलबाट हामफालेका विशालको खोजी जारी
पर्वतमा मोदीखोला संकटमा, लहरै चार वटा जलविद्युतका कारण सुख्खा
पर्वत जिल्ला इन्टर स्कुल टि-२० क्रिकेट प्रतियोगिताको उपाधि मङ्गोलदय माविलाई
यो पनि पढौँ
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा