पोखराका तीनजनाको कोरोना संक्रमणका कारण मृत्यु पुष्टि

पोखराका तीनजनाको कोरोना संक्रमणका कारण मृत्यु पुष्टि

corona-death

सांकेतिक तस्बिर ।

पोखरा – कोरोना संक्रमणका कारण शनिबार पोखरा महानगरका तीनजनाको मृत्यु पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालयको अद्यावधिक विवरण अनुसार तीनजना कोरोना संक्रमितको पोखराका विभिन्न अस्पतालमा उपचारका क्रममा मृत्यु पुष्टि भएको हो ।

मृत्यु हुनेमा पोखरा महानगरपालिका -१७ निवासी ५७ वर्षीय पुरुष रहेका छन् । गत कार्तिक २८ गते कोरोना पोजेटिभ देखिएर उपचारका लागि स्वास्थ्य विज्ञान विज्ञान प्रतिष्ठान भर्ना भएका उनको शनिबार बिहान ४:०० बजे मृत्यु भएको हो ।

मृतक पुरुष निमोनिया र सुगरका विरामी समेत रहेको अस्पतालले जनाएको छ ।

यस्तो पोखरा -११ निवासी ७२ वर्षीया वृद्धाको पनि कोरोना संक्रमणका कारण मृत्यु पुष्टि भएको छ । गत बिहीबार कोरोना पोजेटिभ पुष्टि भई उपचारका लागि फिष्टेल अस्पताल भर्ना भएकी उनको शुक्रबार राती ८:४५ बजे मृत्यु भएको हो ।

यस्तै पोखरा -१२ निवासी ८० वर्षीय कोरोना संक्रमित वृद्धको मृत्यु पुष्टि भएको छ । गत मङ्सिर -१६ गते कोरोना पोजेटिभ देखिएर उपचारका लागि फिष्टेल अस्पताल भर्ना भएका उनको उपचारकै क्रममा शनिबार दिउँसो १२:१५ बजे मृत्यु भएको निर्देशनालयले जनाएको छ ।

आज थपिएका ३ मृतक संगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १६६ पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 3 seconds