लोकसेवा आयोगको साइट ह्याक गरी भ्रामक संदेश फैलाउने पोखराका २ किशोर सहित ३ जना पक्राउ

लोकसेवा आयोगको साइट ह्याक गरी भ्रामक संदेश फैलाउने पोखराका २ किशोर सहित ३ जना पक्राउ

arrest

सांकेतिक तस्विर

काठमाण्डौ – सरकारी सूचना प्रणालीमा अनाधिकृत रुपमा नियन्त्रणमा लिएर भ्रामक संदेश फैलाएको अभियोगमा प्रहरी प्रधान कार्यालयले पोखराका दुई किशोर सहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं -१७ छोरेपाटनका १७ वर्षीय र घारीपाटनका १५ वर्षीय किशोर सहित ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका -९ सानागाउँ बस्ने २५ वर्षीय विवेक महर्जन रहेका छन् ।

साइबर ब्युरोका अनुसार उनीहरुले लोकेसेवा आयोगको वेभसाइटमा अनाधिकृत रुपमा पहुँच बनाइ गलत सूचना प्रवाह गरेका हुन् । आयोगको साइट ह्याक गरेर अनाधिकृत रुपमा गलत सूचना प्रवाह गरेको उजुरी ब्यूरोमा परेपछि ब्यूरोले अनुसन्धान शुरु गरेको थियो ।

उनीहरुले विद्युतीय माध्यममा अनधिकृत पहुँच पुर्‍याई विद्युतीय कारोबार ऐन २०६३ को परिच्छेद ९ बमोजिमको कसूर गरेको ब्यूरोका प्रवक्ता एसएसपी नविन्द अर्यालले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 3 seconds