पोखरा – कोभिड–१९ को संक्रमणसँगै उत्पन्न विषम परिस्थितिका कारण थिलोथिलो भएको पर्यटनलाई जगाउने उद्धेश्यले पश्चिमाञ्चल होटल संघ पोखराले बुधबारबाट जाउँ है पोखरा अभियान २०७७ लाई पुनः अगाडि बढाउने भएको छ ।
खासगरी आन्तरिक पर्यटनलाई पुनःउत्थान गर्ने उद्धेश्यले नेपाल पर्यटन बोर्डसँग मिलेर यस्तो अभियानलाई निरन्तरता दिन लागिएको संघका अध्यक्ष विकल तुलाचनले जानकारी दिए । यही मंसिर २४ देखि २७ गतेसम्म संचालन हुने अभियान अन्तर्गत जनकपुर, पर्सा, विरगंज, विराटनगर र चितवनलाई समेटिएको उनले सुनाए । अभियान अन्तर्गत पत्रकार सम्मेलन तथा प्रदेशस्तरीय र स्थानीय सरकारी तथा गैरसरकारी अधिकारीहरुसँग अन्तरक्रिया कार्यक्रम हुने अध्यक्ष तुलाचनले स्पष्ट पारे ।
नेपालमा सरकार र विद्रोही पक्षविच द्वन्द्व जारी रहेकै अवस्थामा संघले १८ बर्ष अघि सुरुवात गरेको जाउँ है पोखरा अभियानले यसपटक कोभिड १९ बाट थला परेको पर्यटनलाई जगाउने मुख्य उद्धेश्य लिएको आन्तरिक पर्यटन पुनःउत्थान समिति गण्डकीका सहसंयोजक समेत रहेका तुलाचनले बताए । यात्रामा होटल संचालक, अन्य पर्यटनकर्मी, नेपाल पर्यटन बोर्डका प्रतिनिधि र संचारकर्मी गरी १५ जनाको सहभागिता रहेको छ । सन् २०१९ को डिसेम्बर अन्त्यतिर चीनको युनान प्रान्तमा पहिलोपटक देखिएको बताइने कोरोना भाइरसका कारण लाग्ने कोभिड– १९ रोगका कारण अहिले विश्व जगत नै नकारात्मक रुपमा प्रभावित छ ।
विश्व स्वास्थ्य संगठनले यस रोगलाई महामारी घोषणा गरेपछि आन्तरिक र अन्तर्राष्ट्रिय रुपमा नै मानिसको आवागमन ठूलो प्रभाव परेको छ । सबैभन्दा ठूलो मार भने पर्यटन क्षेत्रले भोग्नु परिरहेको छ । महिनौं लामो लकडाउनले व्यवसाय बन्द हुँदा थुप्रै व्यवसायी पलायन हुन पुगेका छन् । कतिपयले घरभाडा र बैंकको सावाँ तथा ब्याज तिर्न सकेका छैनन् । धेरैले रोजगारी गुमाएका छन् । कतिको ज्यानै पनि गएको छ । नेपालले भोगेको १० बर्षे आन्तरिक द्वन्द्वको समयमा समेत नेपाली पर्यटन यति डरलाग्दो गरी प्रभावित भएको थिएन । महाभूकम्प पछि पनि पर्यटन क्षेत्र जसोतसो उठेको हो ।
कालो बादलमा पनि चाँदीको घेरा हुन्छ भन्ने नेपाली उक्ती छ । सोही उक्ति अनुसार आसाको उज्यालो खोज्ने प्रयासमा यो अभियान रहेको व्यवसायीले बताएका छन् । कोभिड १९ को संक्रमण विद्यमान रहँदा पोखरेली पर्यटनले भोग्नु परेको समस्याबारे अवगत गराउने र आन्तरिक रुपमा घुम्नका लागि प्रेरित गर्ने उद्धेश्य पनि समेटिएको छ । विभिन्न बर्ष र विभिन्न चरणमा पूर्वी नेपाल देखि सुदुर पश्चिम सम्म नै यात्रा गरी अभियानलाई विगतमा पनि संघले प्रभावकारी रुपमा संचालन गरेको थियो । जाउँ है पोखरा अभियानले नेपालमा आन्तरिक पर्यटनको माहोल सृजना गर्न सफल भए पनि अहिले कोरोना भाइरसका कारण पर्यटन ठप्पजस्तो हुन पुगेको अवस्थामा अभियान अगाडि बढाउन लागिएको हो ।
सम्बन्धित खबर
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
सार्वजनिक सम्पत्तिप्रतिको जिम्मेवारी र अपनत्व प्रस्तुत गर्न सरसफाई: प्रदेश सांसद गुरुङ
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा