पोखरा – मंगलबार कास्कीका ७३ सहित गण्डकीमा थप १०६ जनामा कोरोना पुष्टि भएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा आज जारी विज्ञप्ति अनुसार गण्डकीका ५६५ जनामा गरिएको परीक्षणमा थप १०६ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
आज पुष्टि भएका संक्रमित प्रदेशका ७ जिल्लाका छन् । जसअन्तर्गत कास्कीमा ७३, तनहुँमा ५, लमजुङमा ४, नवलपुरमा ९, स्याङ्गजामा ५, पर्वतमा १ र बाग्लुङ जिल्लाका ९ जनाको परीक्षण रिपोर्ट पोजेटिभ आएको जारी विज्ञप्तिमा जनाइएको छ ।
आज थप भएका संक्रमित संगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १२ हजार ८ सय ८० पुगेको छ ।
यस्तै पछिल्लो २४ घन्टामा गण्डकीबाट ३० जना कोरोनामुक्त भएका छन् । यो संगै, कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ७ हजार ५ सय ८ पुगेको छ ।
मंगलबार पनि गण्डकीमा थप एकजनाको मृत्यु पुष्टि भएको छ । मृत्यु हुनेमा कास्की जिल्ला पोखरा महानगरपालिकाका वडा नखुलेको ६४ वर्षीय कोरोना संक्रमित पुरुष छन् । यो संगै, गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १७२ पुगेको निर्देशनालयका प्रमुख डा. विनोद विन्दु शर्माले जानकारी दिए ।
गण्डकीका अस्पतालहरुमा आइसीयु र भेन्टिलेटरको अवस्था कस्तो छ ?


सम्बन्धित खबर
उद्योग वाणिज्य संघको नेतृत्वमा लम्कँदै ‘तेस्रो पुस्ता’
सिंगापुरमा फेरि कोरोना, नागरिकलाई भन्यो – ‘अस्पतालमा संक्रमितको चाप बढ्यो, सतर्क होऔँ’
कोरोना संक्रमणका कारण एक जनाको मृत्यु, थप १०६ जनामा संक्रमण पुष्टि
बढ्न थाल्यो कोरोना संक्रमणदर, देशभर ३९६ सक्रिय संक्रमित
एकैदिन थप २ जनाको मृत्यु, २ सय जनामा कोरोना संक्रमण
थप २०६ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु पुष्टि
यो पनि पढौँ
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला
अहिले खण्डग्रास चन्द्रग्रहण लाग्दै, हेर्न हुन्छ कि हुँदैन ?