तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले कर्तव्य ज्यान मुद्दाका फरार एक व्यक्तिलाई ३० वर्षछि पक्राउ गरेको छ ।
२०४७ असोज ६ गते तनहुँको साविक राइपुर गाविस-४ बस्ने भिम बहादुर परियारलाई दाउराको चिरपटले टाउको समेतको संबेदनशिल भागमा प्रहार गरी कर्तव्य गरी हत्या गरी फरार रहेको आरोपमा साबिक राइपुर-४ हाल कायम शुक्लागण्डकी-११ बस्ने बर्ष ४९ का टोप बहादुर चन्द ठकुरीलाई पक्राउ गरिएको तनहुँ प्रहरीले जनाएको छ ।
तनहुँ जिल्ला अदालतबाट निज टोप बहादुर चन्द ठकुरी उपर २०७२ साउन २८ गतेको फैसलाले सर्वश्च सहित जन्मकैद हुने गरी सजाय सुनाएको थियो । उक्त मुद्दामा उच्च अदालत पोखराको मिति २०७४ असार १९ गतेको फैसलाले तनहुँ जिल्ला अदालतको फैसला दोहो¥याई १० बर्षकैद सजाय हुने गरी फैसला गरेको थियो ।
उक्त मुद्दाको उपर पुनः सर्वोच्च अदालत काठमाण्डौको मिति २०७५ कात्तिक १३ गतेको फैसलाले उच्च अदालतको फैसला नै सदर गरी १० बर्ष कैद सजाय सुनाएकोमा तोकिएको कैद भुक्तान नगरी फरार रहेका निज टोप बहादुर चन्द ठकुरीलाई इलाका प्रहरी कार्यालय बेलचौताराबाट प्रहरी निरिक्षक जगदिश रेग्मी समेतको टोलीले सोमबार बेलुकी काठमाडौं महानगरपालिका स्थितमा रहेको एक होटलमा लुकिछिपी बस्दै आएको अवस्थामा पक्राउ गरिएको तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।
पक्राउ परेका ठकुरीलाई तनहुँ जिल्ला अदालत समक्ष उपस्थित गराइएकोमा बाँकी कैद सजाय भुक्तानका लागि कारागार कार्यालय तनहुँ पठाइएको छ ।
विभिन्न अपराध एवं मुद्दाहरुमा संलग्न रही फरार रहेका तथा अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो समेत तिर्न बाँकी भएका व्यक्तिहरुको खोजी गर्ने अभियान अन्तरगत ती व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो ।
यस्तै, प्रस्तुत वारदातमा संलग्न गरी तोकिएको जरिवाना भुक्तान नगरी हालसम्म फरार रहेका शुक्लागण्डकी नगरपालिका-११ बस्ने ११ जना व्यक्तीहरुलाई समेत जनही ५० रुपैयाँ जरिवाना भुक्तानका लागि तनहुँ जिल्ला अदालतमा उपस्थित गर्राईएको बताइएको छ ।
सम्बन्धित खबर
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
बालेनसँगको बैठकबाट निस्किएलगत्तै समातिए किस्पाङ गाउँपालिका अध्यक्ष तामाङ
बाढीका मृतकको गहना लुट्नेहरू पक्राउ, हुनसक्छ ७ वर्षसम्म जेल
गरिमा चौधरीको हत्याका मुख्य अभियुक्त नाबालकको बयान भिडियो बाहिरिएपछि तरङ्ग
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन