कोरोना कारण बन्द मनकामना केबलकार मंसिर २८ देखि खुल्ने

कोरोना कारण बन्द मनकामना केबलकार मंसिर २८ देखि खुल्ने

Manakamana (3)

गोरखाको मनकामना मन्दिर आगामी आइतबारदेखि सर्वसाधारणका लागि खुल्ला गरिने भएको छ । कोभिड–१९ अर्थात कोरोना भाइरसका कारण गत चैतदेखि बन्द रहँदै आएको मन्दिर यहीँ आउँदो मंसिर २८ गतेदेखि खुल्ने भएको हो ।

गत मंगलबार मनकामना मन्दिर क्षेत्र विकास समितिको अगुवाइमा बसेको सरोकारवालाको बैठकले आइतबारबाट मन्दिर र मन्दिरसम्म पुग्ने केबलकार सञ्चालन गर्ने निर्णय गरेको हो । योसँगै सोही दिनदेखि मनकामना केबलकार सेवा समेत सञ्चालनमा आउने भएको छ ।

कोभिड–१९ का कारण गत चैतदेखि नै बन्द हुन पुगेको मन्दिर र सो मन्दिरसम्म पुग्ने केबलकार आवश्यक स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाई सञ्चालन गरिने मन्दिर व्यवस्थापन समितिका कार्यकारी निर्देशक (सिईओ) लेवेन्द्र गुरुङले बताए ।

यस्तो मापदण्ड संस्कृति महाशाखाको धार्मिक स्थल सञ्चालनसम्बन्धी स्वास्थ्य सुरक्षा मापदण्ड २०७७ अनुसार कार्यविधि नै बनाएर सञ्चालन गरिनेसिईओ गुरुङको जानकारी दिए । यद्यपि, आइतबारदेखि मन्दिर खुल्ला गरिने भएपनि तत्कालका लागि भक्तजनहरु मन्दिरभित्र गएर पूजाआजा भने गर्न नपाउने गुरुङको भनाई छ ।

‘मन्दिर खुले पनि अहिलेलाई भक्तजनहरु भित्र गएर पूजाआजा गर्न पाउनुहुन्न्, मन्दिर बाहिरैबाट दर्शन गर्ने हो । भक्तजनले ल्याउनु भएको फूल, प्रसाद पुजारीले भित्र लगेर चढाइदिने व्यवस्था हुन्छ’ गुरुङले भने । कोभिड–१९ को महामारीको संक्रमण र सन्त्रास बढेसँगै मनकामना मन्दिर र केबलकार गत चैत ८ गतेदेखि हालसम्म बन्द रहँदै आएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds