पोखरा – बिहीबार पोखराका ६१ सहित गण्डकीमा थप १०३ जनामा कोरोना पुष्टि भएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा आज जारी विज्ञप्ति अनुसार गण्डकीका २९३ जनामा गरिएको परीक्षण मध्ये थप १०३ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
आज थपिएका संक्रमित प्रदेशका ९ जिल्लाका छन् । जसअन्तर्गत कास्कीको पोखरामा ६१, तनहुँमा ४, गोरखामा ६, लमजुङमा १८, नवलपुरमा १, स्याङ्गजामा २, पर्वतमा ३, बाग्लुङमा ७ र मुस्ताङ जिल्लाका १ जनाको परीक्षण रिपोर्ट पोजेटिभ आएको जारी विज्ञप्तिमा जनाइएको छ ।
आज थप भएका संक्रमित संगै गण्डकीमा कोरोना संक्रमितकि कूल संख्या १३ हजार ७९ पुगेको छ । जसमा सक्रिय संक्रमित ५ हजार ३ सय ३८ छन् भने, होम आइसोलेसनमा बस्नेको संख्या ४ हजार १ सय ८७ पुगेको छ।
पछिल्लो २४ घन्टामा गण्डकीबाट डिस्चार्ज हुनेको संख्या छैन । हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ७ हजार ५ सय ६१ नै रहेको छ ।
बिहीबार पनि गण्डकीमा थप ४ जना कोरोना संक्रमितको मृत्यु पुष्टि भएको छ ।
आज मृत्यु पुष्टि हुनेमा कास्की जिल्ला पोखरा महानगरपालिका १०- का ८१ वर्षीय वृद्ध, पोखरा -१३ का ५१ वर्षीय पुरुष, पोखरा -७ का ६५ वर्षीय वृद्ध र तनहुँ जिल्ला शुक्लागण्डकी नगरपालिका -८ निवासी ७४ वर्षीय वृद्ध रहेका छन् ।
आज थप भएका मृतक संगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १८० पुगेको निर्देशनालयले जनाएको छ ।
गण्डकी प्रदेशका अस्पतालहरुमा आइसीयु र भेन्टिलेटरको अवस्था

संक्रमित र मृतकको विवरण विस्तृतमा हेर्नुहोस् !

सम्बन्धित खबर
उद्योग वाणिज्य संघको नेतृत्वमा लम्कँदै ‘तेस्रो पुस्ता’
सिंगापुरमा फेरि कोरोना, नागरिकलाई भन्यो – ‘अस्पतालमा संक्रमितको चाप बढ्यो, सतर्क होऔँ’
कोरोना संक्रमणका कारण एक जनाको मृत्यु, थप १०६ जनामा संक्रमण पुष्टि
बढ्न थाल्यो कोरोना संक्रमणदर, देशभर ३९६ सक्रिय संक्रमित
एकैदिन थप २ जनाको मृत्यु, २ सय जनामा कोरोना संक्रमण
थप २०६ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु पुष्टि
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो