बेलायतको प्रतिष्ठित स्याण्डहष्र्ट सैनिक महाविद्यालयमा यो वर्षको कोर्समा सर्वोत्कृष्ट बनेर नेपाली सेनाका अधिकृत पिटर थापाले इतिहास रचेका छन् । थापाले यस बर्षको कोर्समा टप गर्दै बेलायती सेनाको अन्तर्राष्ट्रिय तरबार (स्वर्ड) हात पारेका हुन ।
यो बेलायती सेनाको संसार प्रसिद्ध शाही सैनिक महाविद्यालयको सर्वोत्कृष्ट पुरस्कार हो । थोरैमात्र नेपालीले यो तरबार प्राप्त गर्न सकेका छन् । २० वर्षयता नेपाली क्याडेटले उक्त अवार्ड पाएको यो पहिलो हो ।
हरेक बर्ष नेपाली सेनाले आफ्नो सैनिक महाविद्यालय खरिपाटीमा अधिकृत क्याडेट तालिममा प्रथम हुने अधिकृतलाई सेकेण्ड लेफ्टिनेन्टको फूली लगाएपछि बेलायतको स्याण्डहस्र्टमा थप सैनिक कोर्स लागि पठाउने गर्दछ ।
पहिलोपल्ट बेलायती सेनाको स्वर्ड जित्न सफल भएका अधिकृत पिटर थापा धादिङ जिल्ला, त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ३, तल्लो पोखराका हुन् । उनी दुई बर्ष अघि मात्र सैनिक सेवामा प्रवेश गरेका थिए।
समारोहको फेसबुकमार्फत लाइभ भएको थियो । लामो समयदेखि टाढा भएका छोरो सर्वोत्कृष्ट बन्दै मोबाइलको स्क्रिनमा देखिँदा हर्षको आँशु आएको बुबा रण थापा (शम्भु) र आमा प्रमिला थापा बताउँछन् ।
भिडियोका लागि यहाँ क्लिक गर्नुहोस्ः
https://www.facebook.com/RoyalMilitaryAcademySandhurst/videos/1314094822301198



सम्बन्धित खबर
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
पोखरा १५ जारी निःशुल्क दन्त शिविर, दोस्रो दिन १५० जनाको परीक्षण
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’