कोरोनाका कारण आर्थिक क्षेत्रमा भएको प्रहारलाई सामना गर्न सरकार लागि पर्ने

कोरोनाका कारण आर्थिक क्षेत्रमा भएको प्रहारलाई सामना गर्न सरकार लागि पर्ने

bishnu-paudel1_

काठमाण्डौ – अर्थमन्त्री विष्णु पौडेलले कोरोनाका कारण आर्थिक क्षेत्रले जुन प्रहार सहनु परेको छ त्यो प्रहारलाई सहज गर्ने मात्र होईन सामना गर्न पनि सरकार लागि परेको बताएका छन् ।

शनिबार आयोजित आर्थिक पत्रकार संघ (नाफिज)को पाँचौँ महासभाको सम्बोधनका क्रममा अर्थमन्त्री पौडेलले यसका समाधानका लागि सरकार हात दिन मात्र होईन साथ दिन पनि तयार रहेको बताए । उनले महामारीमा रोजगार गुमाएकालाई कसरी रोजगारी दिने भन्नेमा सरकारको ध्यान केन्द्रित रहेको जानकारी दिए ।

सम्बोधनकै क्रममा मन्त्री पौडेलले चाडै नै सबै नेपालीलाई कोरोना विरुद्धको गुणस्तरिय खोप उपलब्ध गराउने दाबी गरे । उनले भने, ‘हामी बिना बिलम्ब गुणस्तरिय भ्याक्सिन तुलनात्मक रुपमा सस्तो मूल्यमा आयात गछौँ । सबै नेपालीलाई प्राथमिकताका आधारमा खोप लगाउने व्यावस्थापन गर्ने सरकारले तयारी गरिरहेको छ । चाडै नै सबै नेपालीलाई कोरोना विरुद्धको गुणस्तरिय खोप उपलब्ध गराएर नेपालीको बाच्ने अधिकारलाई सुरक्षित गछौँ ।’

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ