तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले विभिन्न मुद्दामा फरार ९ जनालाई पक्राउ गरेको छ ।
तनहुँ प्रहरीले विभिन्न अपराध एवं मुद्दाहरुमा संलग्न रही फरार रहेका तथा सम्मानित अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो समेत तिर्न बाँकी भएका व्यक्तीहरुको खोजी गर्ने कार्य तिब्रता दिदै आएको छ ।
सोही क्रममा बहुबिवाह मुद्दामा बिगत ४ वर्षदेखी फरार रहेका जिल्लाको व्यास नगरपालिका वडा नं १० नयाबस्ती बस्ने बर्ष ३३ को पदम बहादुर बिकलाई छ ।
उनलाई तनहुँ जिल्ला अदालतको मिति २०७३ वैशाख ६ गतेको फैसलाले १ वर्ष ६ महिना कैद र १० हजार रुपैया जरिवाना हुने गरी फैसला भएकोमा तोकिएको कैद मध्ये १ वर्ष ५ महिना ४ दिन कैद तथा १० हजार जरिवाना भुक्तान गर्न बाँकी रही फरार रहेका बिकलाई गत शनिबार बेलुकी पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
त्यस्तै सवारी ज्यान मुद्दामा विगत १२ वर्ष देखी फरार रहेका जिल्लाको बन्दिपुर गाउँपालिका वडा नं १ चिसापानी बस्ने श्यामलाल श्रेष्ठलाई तनहुँ जिल्ला अदालतको मिति २०६५ पुष २९ गतेको आदेशले १ महिना कैद र २ हजार जरिवाना हुने गरी फैसला भएकोमा तोकिएको कैद तथा जरिवाना मध्ये ५ दिन कैद २ जरिवाना भुक्तान गर्न बाकी रही फरार रहेका निज श्यामलाल श्रेष्ठ समेत गरी कुटपिट मुद्दाका फरार १ जना, नाता कायम मुद्दाका फरार ३ जना, सम्बन्ध बिच्छेद मुद्दामा फरार ३ जना गरी जम्मा ९ जनालाई आइतबार जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहत प्रहरी ईकाई कार्यालयहरुबाट पक्राउ गरी तोकिएको जरिवाना १२ हजार १७५ जरिवाना र १ वर्ष ५ महिना ९ दिन कैद भुक्तानको लागी तनहुँ जिल्ला अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले बताए ।
सम्बन्धित खबर
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
बालेनसँगको बैठकबाट निस्किएलगत्तै समातिए किस्पाङ गाउँपालिका अध्यक्ष तामाङ
बाढीका मृतकको गहना लुट्नेहरू पक्राउ, हुनसक्छ ७ वर्षसम्म जेल
गरिमा चौधरीको हत्याका मुख्य अभियुक्त नाबालकको बयान भिडियो बाहिरिएपछि तरङ्ग
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन