बहुविवाहदेखि सवारी ज्यान मुद्दामा फरार ९ जना पक्राउ

बहुविवाहदेखि सवारी ज्यान मुद्दामा फरार ९ जना पक्राउ

pakrau

तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले विभिन्न मुद्दामा फरार ९ जनालाई पक्राउ गरेको छ ।

तनहुँ प्रहरीले विभिन्न अपराध एवं मुद्दाहरुमा संलग्न रही फरार रहेका तथा सम्मानित अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो समेत तिर्न बाँकी भएका व्यक्तीहरुको खोजी गर्ने कार्य तिब्रता दिदै आएको छ ।

सोही क्रममा बहुबिवाह मुद्दामा बिगत ४ वर्षदेखी फरार रहेका जिल्लाको व्यास नगरपालिका वडा नं १० नयाबस्ती बस्ने बर्ष ३३ को पदम बहादुर बिकलाई छ ।

उनलाई तनहुँ जिल्ला अदालतको मिति २०७३ वैशाख ६ गतेको फैसलाले १ वर्ष ६ महिना कैद र १० हजार रुपैया जरिवाना हुने गरी फैसला भएकोमा तोकिएको कैद मध्ये १ वर्ष ५ महिना ४ दिन कैद तथा १० हजार जरिवाना भुक्तान गर्न बाँकी रही फरार रहेका बिकलाई गत शनिबार बेलुकी पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

त्यस्तै सवारी ज्यान मुद्दामा विगत १२ वर्ष देखी फरार रहेका जिल्लाको बन्दिपुर गाउँपालिका वडा नं १ चिसापानी बस्ने श्यामलाल श्रेष्ठलाई तनहुँ जिल्ला अदालतको मिति २०६५ पुष २९ गतेको आदेशले १ महिना कैद र २ हजार जरिवाना हुने गरी फैसला भएकोमा तोकिएको कैद तथा जरिवाना मध्ये ५ दिन कैद २ जरिवाना भुक्तान गर्न बाकी रही फरार रहेका निज श्यामलाल श्रेष्ठ समेत गरी कुटपिट मुद्दाका फरार १ जना, नाता कायम मुद्दाका फरार ३ जना, सम्बन्ध बिच्छेद मुद्दामा फरार ३ जना गरी जम्मा ९ जनालाई आइतबार जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहत प्रहरी ईकाई कार्यालयहरुबाट पक्राउ गरी तोकिएको जरिवाना १२ हजार १७५ जरिवाना र १ वर्ष ५ महिना ९ दिन कैद भुक्तानको लागी तनहुँ जिल्ला अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ