पोखराको रामकृष्ण टोलबाट ठूलो मात्रामा लागुऔषध सहित दुई जना पक्राउ

पोखराको रामकृष्ण टोलबाट ठूलो मात्रामा लागुऔषध सहित दुई जना पक्राउ

9D95ABA8-F945-4C55-BD7F-BC03FC9D72A3

पोखरा – कास्की प्रहरीले ठूलो मात्रामा लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका -४ रामकृष्ण टोल बस्ने ३३ वर्षीय कुमार श्रेष्ठ र भक्तपुर जिल्ला स्थायी घर भई हाल सोही स्थान (रामकृष्ण टोल) बस्दै आएका ४५ वर्षीय लक्ष्मी कृष्ण भासिमा रहेका छन् ।

प्रहरीका अनुसार मंगलबार सांझ अन्दाजी ५:४५ बजेको समयमा रामकृष्ण टोलस्थित हिंडिरहेको अवस्थामा  लागुऔषध सहित उनीहरुलाई पक्राउ गरेको कास्कीका प्रहरी निरीक्षक तथा निमित्त प्रहरी प्रवक्ता कृष्ण बस्यालले जानकारी दिए ।

प्रहरीले उनीहरुको साथबाट डाइजेपाम ११३ एम्पुल, फेनारगन ११३ एम्पुल, नुर्फिन ११३ एम्पुल सहित २ थान मोवाइल समेत वरामद गरेको छ । उनीहरु विरुद्ध लागुऔषध सम्बन्धी कसूर अन्तर्गत जिल्ला अदालत कास्कीबाट सात दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ