चार दिनसम्म काम नगरिदिएको भन्दै पर्वत मालपोत कार्यालय तोडफोड, सुमन पक्राउ

चार दिनसम्म काम नगरिदिएको भन्दै पर्वत मालपोत कार्यालय तोडफोड, सुमन पक्राउ

malpot-pakrau

पर्वतमा एक सेवाग्राहीले मालपोत कार्यालय तोडफोड गरेका छन् । पर्वत जिल्लाको जलजला गाउँपालिका–३ साविक माझफाँटका ३० वर्षीय सुमनबहादुर खत्रीले कार्यालयभित्र प्रवेश गरी विभिन्न सामग्री तोडफोड गर्नुका साथै कागजात च्यातेका हुन् ।

चार दिनसम्म काम नभएपछि आक्रोशित भएर तोडफोडमै उत्रिएको प्रत्यक्षदर्शीले जनाएका छन् । बेनी बस्दै आएका उनी घरमा सानो बच्चा छोडेर चार दिनसम्म बृद्ध बुबा र श्रीमतीलाई सङ्गै लिएर कुश्मा आएको स्थानियले जनाएका छन् ।

कार्यालयका विभिन्न कक्षमा प्रवेश गरी तोडफोड गरेको खबरपछि उनलाई जिल्ला प्रहरी कार्यालय पर्वतले नियन्त्रणमा लिएको छ । मालपोत कार्यालयभित्र प्रवेश गरी तोडफोड गरेको सूचनाका आधारमा नियन्त्रणमा लिएको प्रहरी निरीक्षक मनिष श्रेष्ठले जानकारी दिए ।

मालपोत कार्यालयमा काम भइरहेका बेला जग्गा राजीनामा पास गर्न आएका खत्रीले आफ्नो काम किन ढिला भएको भन्दै कर्मचारीलाई समेत गाली गर्दै एक्कासि तोडफोड गरेको कार्यालय प्रमुख मुकुन्द लामिछानेले जानकारी दिए ।

कार्यालयभित्र हुने काम भइरहेका बेला आवेगमा आएका उनले कार्यालयको कम्प्युटर, हाजिरी मेसिन, ल्याप्चे मेसिन, फोटोकपी मेसिन, फोटो खिच्ने मेसिनलगायत महत्वपूर्ण कागजातमा क्षति पुर्याएको कार्यालय प्रमुख लामिछानेले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको र कार्यालयमा भएको क्षतिका बारेमा समेत अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ