पोखरा – शुक्रबारदेखि पोखरामा शुरु भएको गण्डकी प्रदेश स्तरिय क्रिकेट प्रतियोगितामा कास्कीले विजयी शुरुवात गरेको छ । उद्घाटन खेलमा कास्कीले स्याङ्गजामाथि ७ विकेटको जित निकालेको हो । टस जितेर व्याटिङ गरेको स्याङ्गजाले ३८.५ ओभरमा सम्पूर्ण विकेट गुमाएर १ सय १९ रनको सामान्य योगफल तयार पारेको थियो ।
स्याङ्गजाको तर्फबाट विष्णु पाण्डेले ४१ तथा सौजन्य रेग्मीले २६ रन जोडे । कास्कीका बलरहरु विश्व कार्की र सुवास भण्डारीले समान तीन तीन विकेट लिए भने कृष्ण पौडेल, अमृत गुरुङ्ग, र विपिन खत्रिले एक एक विकेट लिएका थिए । जितका लागि १ सय २० रनको लक्ष्य लिइ मैदान उत्रिएको कास्कीले २८.४ ओभर खेल्दै मात्र ३ विकेटको क्षतिमा विजयी लक्ष्य पार ग¥यो । कास्कीको तर्फबाट अभिषेक थापाले अभिजित ४३ तथा सुदिप पौडेलले अभिजित २१ रन बनाए । त्यस्तै अर्जुन कुमालले २२ रन जोडेका थिए ।
खेलमा कास्कीका विश्व कार्की प्लेयर अफ द म्याच भए । जितसंगै कास्कीले लिग टेवलमा २ अंक जोडेको छ । राउण्ड रोविन लिगमा हुने प्रतियोगितामा शनिबार तनहुँ र नवलपुरविच प्रतिस्पर्धा हुनेछ ।
यसअघि प्रतियोगिताको उद्घाटन गर्दै राष्ट्रिय खेलुकद परिषद्का सदस्य सचिव रमेश कुमार सिल्वालले पोखरा क्रिकेट मैदान क्रिकेट खेल्नका लागि संसारकै अलौंकिक खेल मैदान भएको जनाउँदै यसको स्तरोन्नती गर्दै लैजानुपर्नेमा जोड दिएका थिए । उनले नेपालमा १० वटा ठूला क्रिकेट मैदान बन्ने क्रममा रहेको जनाउँदै आउँदो चार पाँच वर्ष भित्र नेपालका सातै प्रदेशमा अन्तराष्ट्रिय क्रिकेट सञ्चालन गर्न सकिने मैदान तयार हुने दावी गरे । गण्डकी प्रदेश सरकारले चासो देखाएको पशुपति घाटको क्रिकेट मैदानको पनि डिपिआर तयार भइसकेको बताउँदै यहाँपनि मैदान तयार पार्दै खेल्दै पनि जानुपर्ने औल्याए ।
आयोजक गण्डकी प्रदेश क्रिकेट संघका अध्यक्ष देवेन्द्र प्रजुले पोखरामा क्रिकेट विकासका लागि सधै माछापुच्छे फेवाताल भनेर मात्रै नपुग्ने बताए । उनले क्रिकेट विकासका लागि पहिला पूर्वाधारकै विकास हुनुपर्नेमा जोड दिए । पोखरा रंगशालाभित्रको क्रिकेट मैदानमा एउटा चेन्जिङ्ग रुम र कार्यालय कोठा समेत नहुँदा संघ तथा खेलाडीहरु मर्कामा परेको बताए । आयोजक संघका सचिव सुमन राज कार्कीले कार्यक्रम सञ्चालन गरेका थिए।
सम्बन्धित खबर
टाइगर कपको उपाधि गण्डकी प्रदेशलाई, पुलिस विरूद्ध बदला
आर्मीलाई हराउँदै पर्वत भलिबल टाइगर कपमा तेस्रो
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
प्रतिभा सुपर लिग क्रिकेट माघ १८ देखि २५ गतेसम्म हुने
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड: गल्याङ र वालिङ फाइनलमा
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड: सेमिफाइनल समीकरण पूरा, अन्तिम चार टिम तय
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो