पत्रकार महासंघ मुस्ताङको नवौं वार्षिक साधारणसभा सम्पन्न

पत्रकार महासंघ मुस्ताङको नवौं वार्षिक साधारणसभा सम्पन्न

mustangi patrakar

एसके थकाली,  मुस्ताङ । नेपाल पत्रकार महासंघ मुस्ताङ शाखासंग मुस्ताङका स्थानीय तहले समन्वय र सहकार्य गर्नुपर्ने घरपझोङ गाउपालिकाका अध्यक्ष आशबहादुर थकालीले बताएका छन् ।

नेपाल पत्रकार महासंघ मुस्ताङ शाखाको शनिवार संम्पन्न नवौं वार्षिक साधारण सभा कार्यक्रमको समुद्घाटनका क्रममा प्रमुख अतिथि अध्यक्ष थकालीले जिल्लाको समग्र विकास सुशासन र समृद्धिका लागि पत्रकारहरुको योगदान महत्वपूर्ण हुने भएकाले पत्रकार महासंघ मुस्ताङ शाखासंग सहकार्य गर्न आफुहरु तयार रहेको जनाए ।

अध्यक्ष थकालीले मुस्ताङ जिल्लाको पत्रकारीता आफैमा चुनौतिपूर्ण भएको र यहाको पत्रकारीतालाई थप उचाईमा पु¥याउन पत्रकारको संख्या वृद्धि गर्ने तर्फ शाखाले भुमिका खेल्नुपर्ने बताए । पत्रकारले गरेको प्रत्येक सूचना संम्प्रेषणले कार्यान्वयन गर्ने निकाय थप जिम्मेवार हुने भएकाले समाजका वेथिती,विकृति,विसङ्गती र विकास निमार्णमा भएका राम्रा र नराम्रा पक्षको उजागर गरी समृद्ध नेपाल, सुखी नेपालीको दिशातर्फ उन्मुख हुनपर्ने अध्यक्ष थकालीको भनाई छ । पत्रकारहरुको छाता संस्था पत्रकार महासंघ मुस्ताङ शाखालाई आगामी दिनमा आवश्यक परेको अवस्थामा आर्थिक, भौतिक र रचनात्मक सहयोग गर्ने अध्यक्ष थकालीले सो अवसरमा प्रतिबद्धता व्यक्त गरे।

नवौ वार्षिक साधारणसभाको अध्यक्षता गर्दै शाखाको अध्यक्ष सुन्दरकुमार थकालीले शाखाको सांगठनिक तथा चालु कार्यकालको विस्तृत प्रतिवेदन कार्यक्रममा प्रस्तुत गरे । प्रतिबेदनमा शाखाले मुस्ताङको समग्र विकास र सुशासन कायम गर्ने तथा जिल्लाका पत्रकारलाई परेको समस्यामा शाखाले सहकार्य गर्दै आईरहेको बताए ।

अध्यक्ष थकालीले सुगमको जस्तो पत्रकारिता हिमाली जिल्लामा सहज नभएको उल्लेख गर्दै यसैका कारण क्षेत्रमा आउने नयाँ पिढीँको रुचि कम पाएको जनाए । पत्रकार महासंघको बार्षिक सदस्यता शुल्क हिमाली जिल्लाका लागि चर्को भएकाले हिमाली जिल्लालाई ५० प्रतिशत महासंघले सहुलियत दिनुपर्ने सुझाए ।

कार्यक्रम शाखाका सदस्य राजु सेन्चुरीले स्वागत गरे । उनले चालु कार्यकालमा पत्रकार महासंघले पत्रकार हकहित, सहयोग र विभिन्न कार्यक्रम आयोजना गरी शाखाको कार्यसम्पादनलाई दर्भिलो बनाएको उल्लेख गरे । साधारणसभाको औपचारिक कार्यक्रमको न्युज ट्वान्टी फोका पत्रकार शुशिलबाबु थकालीले सञ्चालन गरेका थिए ।

यस्तै, नेपाल पत्रकार महासंघ मुस्ताङ शाखाको शनिबार सम्पन्न नवौँ बार्षिक साधारणसभाले प्रस्तुत गरेको ४ बुँदे प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरेको र उक्त प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । साधारण सभामा पत्रकार महासंघका अध्यक्ष सुन्दरकुमार थकालीले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन र शाखाका कोषाध्यक्ष निरज थकालीले प्रस्तुत गरेको आर्थिक प्रतिबेदन अनुमोदन गरेको छ ।

साधारणसभाले कोभिड—१९ को जोखिमको बेला पत्रकारले स्वास्थ्य सामाग्री उपलब्ध गराउन महासंघले ध्यान नदिएको र कोभिड—१९ संक्रमणकालमा मिडिया हाउसबाट पत्रकारको पेशा धराप परेको र कतिपयले पारिश्रमिक नपाएको अवस्थामा महासंघले उपयुक्त भुमिका खेल्न नसकेको ठहर गरेको छ । महामारीमा महासंघले अभिभावकीय दायित्व पूरा गर्न नसकेको निचोड मुस्ताङी पत्रकारहरुको रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ