सवारी कारबाहीबाट तनहुँमा ५५ लाख ४२ राजस्व सङ्कलन, ८ हजार १५० सवारी साधन कारबाहीमा

सवारी कारबाहीबाट तनहुँमा ५५ लाख ४२ राजस्व सङ्कलन, ८ हजार १५० सवारी साधन कारबाहीमा

Traffic Tanahun

तनहुँ । जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले चालु आर्थिक वर्षको ५ महिनामा ५५ लाख ४२ हजार रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।

पछिल्लो पाँच महिनामा ८ हजार १५० वटा सवारी साधन कारबाहीमा पर्दा ५५ लाख ४२ हजार रुपैयाँ राजस्व जम्मा भएको हो । उक्त अवधिमा २ हजार १४३  ट्रक, बस ४ सय २१, जीप/कार १८८२, ट्याक्टर ५०२, ३ हजार १७२ मोटरसाइकल र ३० वटा अन्य सवारी चालक कारबाहीमा परेका छन् ।

बिना लाइसेन्स सवारी साधन चलाएको, कागजपत्र नभएको, ट्राफिक नियम पालना नगरेकोलगायतका कारण ती सवारी साधनका चालक कारबाहीमा परेका हुन् ।

यस्तै पछिल्लो ५ महिनाको अवधिमा २९ वटा दुर्घटना भएका छन् । दुर्घटनामा परी ११ जनाको ज्यान गएको र ३२ जना गम्भीर र ३० जना सामान्य घाइते भएको जिल्ला ट्राफिक कार्यालय तनहुँले जनाएको छ ।

यस्तै चालु आवमा ६१ जनालाई मादक पदार्थ सेवन अन्तर्गत कारबाही गरिएको र ६१ हजार रुपैयाँ राजस्व संकलन गरिएको ट्राफिक कार्यालय तनहुँले जनाएको छ ।

अघिल्लो आवमा १ करोड ३४ लाख ५१ हजार राजस्व सङ्कलन भएको जिल्ला ट्राफिक कार्यालय तनहुँका प्रमुख रेशम रानाभाटले बताए । त्यस्तै २१ हजार १५० वटा सवारी कारबाहीमा परेका थिए ।

गत आवमा ३८ वटा दुर्घटना भएकोमा ४४ जनाले ज्यान गुमाएका थिए । त्यस्तै दुर्घटनामा ६३ जना गम्भीर घाइते भएका थिए भने ८५ जना सामान्य घाइते भएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 2 seconds