रुखमा अड्किएको अवस्थामा स्याङ्जामा एक पुरुषको शव फेला

रुखमा अड्किएको अवस्थामा स्याङ्जामा एक पुरुषको शव फेला

death body

स्याङ्गजा – स्याङ्गजामा एक व्यक्ति रुखमा अड्किएको अवस्थामा मृत भेटिएका छन् ।

जिल्लाको हरिनास गाउँपालिका वडा नं -४ सिरौलेस्थित घोप्टेभिरमा नुवाकोट जिल्ला घर भई हाल सोही स्थानको ढुंगाखानिमा काम गर्ने ६० वर्षीय हर्क बहादुर तामाङ मृत फेला परेको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

प्रहरीका अनुसार भिरमा रहेको रुखमा तामाङको शव अड्किएको अवस्थामा फेला परेको भन्ने सूचना लगत्तै खटिएको प्रहरीको टोलीले घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान शुरु गरेको जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ