पोखरा – गण्डकी प्रदेश स्तरिय क्रिकेट प्रतियोगितामा कास्की च्याम्पियन बनेको छ । कास्कीले लिग अन्तर्गतका तीनवटै खेलमा जित निकाल्नै ६ अंकका साथ च्याम्पियन बनेको हो ।
बुधबार भएको अन्तिम खेलमा कास्कीले नवलपुरमाथि ८६ रनको सानदार जित निकाल्यो । टस जितेको नवलपराशिले बलिङ्ग रोजेपछि क्रिजमा उत्रिएको कास्कीले पुरै ५० ओभर खेल्दै ७ विकेटको क्षतिमा २ सय १ रन बनाएको थियो । कास्कीको तर्फबाट अर्जुन कुमालले ७७ रन बनाए । १ सय २७ बलको सामना गरेका उनले १० चौका प्रहार गरे । त्यस्तै, सुवास भण्डारीले ३४ रनको योगफल तयार पारे ।
नवलपुरको बलिङ्गमा विशाल पौडेलले २ तथा विज्ञान गौतम, लक्की सापकोटा र कमल परियारले एक एक विकेट लिए । जितका लागि २ सय २ रनको लक्ष्य पछ्याएको नवलपुरले १ सय १५ रनमा सम्पूर्ण विकेट गुमाएको थियो । जसमा राहुल शर्माले ३२ तथा सन्देश बस्नेतले अभिजित २९ रन जोडे । कास्कीको बलिङ्गमा विपिन खत्री र दिपेश खत्रीले ३÷३ विकेट लिए । सुवास भण्डारीले २ तथा अमृत गुरुङ्ग र देव शाहले १÷१ विकेट लिएका थिए ।
प्रतियोगिताका तीन खेलमा ८ विकेट तथा ५३ रन बनाएका कास्कीका सुवास भण्डारीलले वेष्ट बलर साथै म्यान अफ द सिरिजको उपाधी पाउँदा कास्कीकै अर्जुन कुमाल उत्कृष्ट व्याट्सम्यान भए । उनले तीन खेलमा कुल १ सय ४२ रन जोडेका थिए ।
विजयी खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेश गुरुङ्ग, क्षेत्रिय खेलकुद विकास समितिका प्रमुख लक्ष्मण योगी, प्रशिक्षण विभाग प्रमुख कृष्ण तिमिल्सीना, कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देल लगायतले पुरस्कार वितरण गरेका थिए । प्रतियोगितालाई अफिसियल मिडियाका रुपमा सहयोग गरेको आदर्श नेपाललाई मायाको चिनोले सम्मान गरिएको थियो । गण्डकी प्रदेश क्रिकेट संघका उपाध्यक्ष दिपक पोख्रेलले आदर्श नेपाल प्रतिनिधी गिता रानालाई उक्त मायाको चिनो प्रदान गरेका थिए ।
प्रतियोगितामा वेष्ट व्याट्स्म्यान घोषित अर्जुन कुमाललाई राखेप सदस्य राजेश गुरुङ्गले नगद १० हजार सहयोग उपलब्ध गराएका थिए । सो असरमा बोल्दै गुरुङ्गले खेलाडीले राष्ट्रका लागि धेरै योगदान दिएको उल्लेख गर्दै अब खेलाडीलाई पनि राष्ट्रले केहि दिनुपर्नेमा जोड दिए । आयोजक गण्डकी प्रदेश क्रिकेट संघका अध्यक्ष देवेन्सन प्रजुले प्रतियोगिता सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेका थिए । विजय भुजेलले कार्यक्रम सञ्चालन गरेका थिए ।
सम्बन्धित खबर
अर्जेन्टिनालाई हराउँदै विश्वकप विजेता बन्यो स्पेन
विश्वकप उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्ने, मेसी र यमलबीच ऐतिहासिक भिडन्त
इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
अपराजित स्पेन र फ्रान्स आमने-सामने, कसको यात्रामा ब्रेक ?
५ पटकको विश्व विजेता ब्राजिल अन्तिम १६ बाटै बाहिरियो
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो