दुई मिटर लामो नङ बनाउने अचम्मका यी मानिस

दुई मिटर लामो नङ बनाउने अचम्मका यी मानिस

long nail

एजेन्सी- भारतमा व्यक्तिले शोखकै कारण हातको नङ २ मिटर लामो बनाएका छन् । श्रीधर चिलानले १९५२ देखि हातका नङ काटेका छैनन् । अहिले उनको नङ दुई मीटर लामो भएको छ । सबैभन्दा लामो नङ हुनेमा उनले विश्व रेकर्ड पनि राखिसकेका छन् ।

उनले नङलाई एक संग्रहालयमा दिने सोच बनाएका छन् । उनी लामो नङ भएकै कारण हाल चर्चामा छन् । श्रीधरले विवाह गर्नलाई नङको कारण गाह्रो भएको बताएका छन् । १०-१२ जना युवतीहरु त उनको नङकै कारण विवाह गर्न नमानेका उनी बताउँछन् । यदि कोही विवाह गर्न तयार भएमा उनीहरुका माता–पिताले अस्वीकार गर्थे । आफ्नो छोरीलाई लामा नङले चिथारेर मार्छ भन्ने डरले नै छोरी दिन तयार हुन्नथे ।

नङ पाल्ने सोचको बारेमा श्रीधरले सुरुमा विद्यालय सम्झन्छन् । उनले एकदिन शिक्षकले नङ नकाटेको भनेर कुटेपछि अब कहिल्यै नकाट्ने वाचा गरे ।

हाल उनका लामा नङ देखेर कसैले काममा पनि राख्न नचाहाने उनको भनाई छ । जसको काण काम खोज्न उनलाई धेरै गाह्रो भएको थियो । यति मात्र नभएर घरमा पनि उनको कपडा धुन कोही मान्दैनथे । लामा नङ भएपनि आफैले हातले धुनु पर्थ्र्यो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds