पत्रपत्रिका – फुटिसकेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई पुनः जोडाउन चिनियाँ कम्युनिस्ट पार्टी अन्तिम प्रयासमा जुटेको छ। पटक–पटक फुटको संघारबाट जोगिएको नेकपा यतिबेला भने दुई चिरामा विभाजित छ।
दुवै पक्षलाई पुनः एकसाथ ल्याएर सिंगो नेकपा बनाउन चीनले उच्चस्तरीय टोली आइतबार नेपाल पठाएको छ। राष्ट्रपति सी चिनफिङले विशेष सन्देशसहित चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको चार सदस्यीय टोली काठमाडौं पठाएका हुन्। उक्त टोलीले आइतबारै राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीसँग सोमबार भेट गर्ने स्रोतले जनाएको छ।
नेकपाको आन्तरिक कलह मत्थर पार्न यसअघि चिनियाँ कम्युनिस्ट पार्टीले खेलेको भूमिका निरर्थकसरह भएको थियो। चिनियाँ राजदूत होउ यान्छी केही समयदेखि नेकपाभित्रको विवाद मत्थर गर्न सक्रिय थिइन्। तैपनि, नेकपा चिरिएको थियो।
चीन कुनै हिसाबले पनि नेकपा नफुटोस् भन्ने चाहन्छ। सोहीबमोजिम उसले अन्तिम कसरत गरिरहेको छ। उपमन्त्री येचौको टोलीमा सन हेयान, लियाङ विआन र झेङ युआ आएका छन्। राजदूत होउले उपमन्त्री येचौ र नेताहरूको भेटघाटको समन्वय गरेकी छन्। तर, यसबारे चिनियाँ दूतावासले औपचारिक जानकारी दिएको छैन। दुतावासले नेताहरूको भ्रमणबारे कुनै प्रतिक्रिया दिन मानेन । आज प्रकाशित अन्नपूर्ण पोस्ट दैनिकले समाचार लेखेको छ ।
सम्बन्धित खबर
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
पोखरा १५ जारी निःशुल्क दन्त शिविर, दोस्रो दिन १५० जनाको परीक्षण
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो